धनकुटामा पिकअप दुर्घटना २१ जना घाइते

Sagarmatha Post
Sagarmatha Post २६ श्रावण २०८२, आईतवार
1 Min Read
Aa

धनकुटा नगरपालिका–८, टेकुनालामा आज बिहान भएको पिकअप दुर्घटनामा २१ जना घाइते भएका छन्। टेकुनालाबाट धनकुटा बजारतर्फ आउँदै गरेको को २ च २३०९ नम्बरको पिकअप बिहान करिब साढे १० बजे दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा परेकामध्ये १७ जनालाई उद्धार गरी जिल्ला अस्पताल धनकुटा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। घाइतेमध्ये धनकुटा नगरपालिका–७ का ६२ वर्षीय गुणराज श्रेष्ठ, त्यही वडाका ३८ वर्षीय जीत बहादुर श्रेष्ठ र धनकुटा नगरपालिका–८ की ४५ वर्षीया रेनुका राईको अवस्था गम्भीर छ। उनीहरुलाई थप उपचारका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा पठाइएको छ।

अन्य घाइतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरुमा धनकुटा नगरपालिका–८ का १४ वर्षीया सविना डंगोल, ६४ वर्षीय चन्द्रभक्त डंगोल, ३५ वर्षीय हरीकुमार डंगोल, ७२ वर्षीय मोहन डंगोल, २७ वर्षीय राम श्रेष्ठ, टिना डंगोल, १८ वर्षीय रोजिन डंगोल, ५६ वर्षीय रमेश कर्मचार्य, धनकुटा नगरपालिका–७ का २२ वर्षीय राजन राई, सहिदभूमी गाउँपालिका–४ का २४ वर्षीय आशिष राई, साँगुरीगढी गाउँपालिका–१ की १६ वर्षीया निशु लिम्बु, मुलघाटका १२ वर्षीया रोनिया श्रेष्ठ, सिंधुवाका १६ वर्षीय शिव श्रेष्ठ र २४ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन्। प्रहरीका अनुसार, उनीहरु गाईजात्रा पर्वमा सहभागी हुन पिकअपमा चढी धनकुटा बजारतर्फ आउँदै गरेका थिए।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्