वाणिज्य बैंकहरूको भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

Sagarmatha Post
Sagarmatha Post १ भाद्र २०८२, आईतवार
2 Min Read
Aa

काठमाडौं, वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कूल २० वटा बाणिज्य बैंकहरुले सार्वजनिक गरेको ब्याजदरअनुसार साउनको तुलनामा भदौं महिनामा औषत ब्याजदर घटेको छ । साउन महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम् औषत ब्याजदर ५.६८ प्रतिशत रहेकोमा भदौ महिनाको लागि ५.५७ प्रतिशत कायम भएको छ ।

भदौ महिनामा कृषि विकास बैंक, एभरेस्ट बैंक, लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक र कुमारी बैंकगरी ८ वटा बाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा ब्याजदर घटाएका छन् ।त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, सिटिजन्स बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, नविल बैंक, एनआईसी एसिया बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, र राष्ट्रिय वाणिज्य बैंकगरी ११ वटा बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

प्रभु बैंकले भने साउनको तुलनामा व्यक्तिगत मुद्दतीमा ब्याजदर बढाएको छ । साउन महिनामा ४.२५ प्रतिशत व्याजदर कायम भएको प्रभु बैंकको भदौ महिनाको लागि भने ५.३५ प्रतिशत ब्याजदर रहेको छ ।भदौको ब्याजदरमा कृषि विकास ५.२ प्रतिशत, एभरेस्ट ५.७५ प्रतिशत, नेपाल बैंक५.४ प्रतिशत, लक्ष्मी सनराइज ५ प्रतिशत, माछापुच्छ्रे ६ प्रतिशत, एनआईसी एसिया ६.२५ प्रतिशत, प्रभु ५.३५ प्रतिशत, स्टान्डर्ड चार्टड ५.१३ प्रतिशत, राष्ट्रिय वाणिज्य ५.५ प्रतिशत, नबिल ५.५ प्रतिशत, ग्लोबल आईएमई ६ प्रतिशत, सिद्धार्थ ५.५ प्रतिशत, प्राइम कमर्सियल ६ प्रतिशत, कुमारी५.२१ प्रतिशत, सानिमा५.७५ प्रतिशत, हिमालयन ६ प्रतिशत , नेपाल एसबीआई५.२५ प्रतिशत, इन्भेस्टमेन्ट मेगा५.२५ प्रतिशत, एनएमबी ६ प्रतिशत, सिटिजन्स ५.५ प्रतिशत रहेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्