भारत सरकारले नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल उपहार दियो

Sagarmatha Post
Sagarmatha Post २ भाद्र २०८२, सोमबार
1 Min Read
Aa

 नेपाली सेनालाई भारत सरकारले ६ वटा स्ट्राइकिङ भेइकल उपहार दिएको छ ।नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले सोमबार नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल उपहारस्वरुप हस्तान्तरण गरेका हुन् । विदेश सचिव मिश्री नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर ‘लाइट स्ट्राइकिङ भेइकल’ हस्तान्तरण गरेका हुन् । साथै ६ वटा सैनिक घोडा  र २ वटा सैनिक कुकुरसमेत उनले हस्तान्तरण गरेको भारतीय दुताबासले जानकारी दिएको छ ।  मिश्रीले केही स्वास्थ्य सामग्रीहरू समेत हस्तान्तरण गरेका छन्। सामग्री हस्तान्तरण गर्नुअघि जंगीअड्डामा प्रधानसेनापति अशोकराज सिग्देलसँग मिश्रीले भेटवार्ता गरेका थिए

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्