तारकेश्वरमा विद्यार्थी र प्राचार्य सम्मानीत,काँग्रेस महामन्त्री शर्माद्धारा बर्षामा उर्लने भेल भन्दा निरन्तर बगिरहने नदिजस्तो बन्न विद्यार्थीलाई सुझाब

Sagarmatha Post
Sagarmatha Post ६ भाद्र २०८२, शुक्रबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । नेपाल विद्यार्थी संघ तारकेश्वर नगर कार्यसमितिले तारकेश्वर नगरपालिकाका समुदायिक र संस्थागत विद्यालयबाट १२ कक्षा उत्रिण भएका विद्यार्थीहरुलाई बधाई तथा प्राचार्यहरुलाई सम्मान गरेको छ ।
नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माको प्रमुख आतिथ्यतामा आज टुसाल मल्टीभेन्युमा भएको कार्यक्रममा महामन्त्री शर्माले विद्यार्थी तथा प्राचार्यहरुलाई सम्मान गर्नुभएको हो ।
सम्मान कार्यक्रममा बोल्नुहुंदै महामन्त्री शर्माले एकाथरी मानिसहरुले देश बन्दै बन्दैन भन्ने भास्य स्थापीत गर्न खोजीएको बताँउदै त्यस्तो भ्रममा नपर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
नेपाल जस्तो सुन्दर देशको नागरिक भएकोमा गौरवान्तीत हुनुपर्ने बताँउदै महामन्त्री शर्माले जीन्दगीमा केहि गर्न सकिन्न र देश बन्दैन भन्ने भ्रमलाई त्याग्न सकेमात्र जीन्दगीमा अगाडी बढन सकिने बताउनुभयो ।
महामन्त्री शर्माले विद्यार्थीहरुलाई बर्षामा उर्लने भेल भन्दा निरन्तर बगिरहने नदिजस्तो बन्न सुझाब दिनुभयो । महामन्त्री शर्माले भन्नुभयो “जीन्दगी नदिजस्तो बगिरहने बनाईराख्नुस, खहरे जस्तो पानी परेको बेलामा उर्लने खालको मात्र होईन, अचानक आएको खहरेबाट बिजुली निस्कन सक्दैन, आकाशमा चम्कने बिजुली मुनी बसेर पढन पनि सकिंदैन, त्यसैले निरन्तर बगिरहने नदिबाट बिजुली पनि निस्कन्छ र त्यसैमा जीवन पनि हुन्छ ”
उच्च शिक्षा पछि युवाहरु बिदेश पलाएन हुने क्रम बढीरहेको बताँउदै शर्माले विश्वको जुन कुनामा पुगेपनि देशलाई मायाँ गरिरहन विद्यार्थीलाई सुझाब दिनुभयो । उहाँले भन्नुभयो “नदि झै बग्ने क्रममा कर्णालीको गाँउमा पुगेपनि युरोप र अमेरीका पुगेपनि पहिला आफ्नो देश, घर र भगवानलाई हृदयमा राखिराख्नुस”
कार्यक्रममा संविधान सभा सदस्य एवं पुर्व रक्षामन्त्री भिमसेनदास प्रधानले समाजमा नकारात्मक बिचारहरु हावी हुंदा देशमा चौतर्फि निरासा छाईरहेको बताँउदै युवा र विद्यार्थी मिलेर निरासालाई हटाउन लाग्नुपर्ने बताउनुभयो ।

May be an image of 4 people, dais and text that says '安 我TLSHFL TUSHFIL MULTIVENUEPVT.LTD. LTD. MULTIVENUE PVT.'
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले कक्षा १२ पास गर्ने बित्तिकै बिदेश जाने मोह त्याग्न आग्रह गदै देशमानै केहि गर्ने सपना देख्न आग्रह गर्नुभयो । शिक्षाले सबै कुरा परिवर्तन सम्भब भएको बताँउदै नगरप्रमुख महर्जनले समाज परिवर्तनका निम्ती तारकेश्वर नगरपालिका विद्यार्थीहरुसंग सहकार्य गरेर अगाडी बढन चाहेको बताउनुभयो ।
नेपाल विद्यार्थी संघ तारकेश्वर नगर कार्यसमितिका सभापति सौरभ कुमार कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति, काठमाण्डौं ६ ख का सभापति बिष्णुभक्त तिमिल्सीना, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, नेविसंघका नेता परोपकार अधिकारी, ताकेश्वर नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका र नगरसभा सदस्यहरु, काँग्रेसका भातृसंस्थाका पदाधीकारीहरु लगायतको उपस्थीति रहेको थियो ।

तस्वीर : सामाजिक सञ्जाल

 

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्