संखुवासभाको पहिलो महिला सिडियो थपलियाले सम्हालीन कार्यभार

Sagarmatha Post
Sagarmatha Post १३ भाद्र २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौं । सङ्खुवासभा जिल्लाको पहिलो महिला प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी सहसचिव सिर्जना थपलियाले सम्हालेकी छन्। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सेवारत उनले ४८औं प्रमुख जिल्ला अधिकारीका रूपमा यहाँ पदभार ग्रहण गरेकी हुन्।

आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै थपलियाले निजामती सेवामा आफूले हासिल गरेको अनुभवलाई सङ्खुवासभाको उन्नयनमा लगाउने जानकारी दिइन् उनले भने, ‘निर्दिष्ट ऐन, कानुनका परिधिभित्र रहेर जिल्लाका सबै राजनीतिक दलका नेता, बुद्धिजीवी तथा नागरिक समाजलगायत सबैसँगको सहकार्यमा तोकिएका जिम्मेवारी पूरा गर्नेछु।’

 

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्