काठमाण्डौं । राष्ट्रीय युवा संघ नेपाल तारर्केस्वर नगर कमिटी अध्यक्ष एवं नेकपा एमालेका संगठनीक सदस्य सुनिल मर्हजनले पदबाट राजीनामा दिएका छन् । मर्हजनले पछिल्लो अवस्थामा पार्टीको नेतृत्व संरचना, कार्यप्रणाली र आचरणप्रति मेरो विश्वास, भरोसा र सहमति पूर्णतया समाप्त भएको भन्दै ४ बुंदे असहमती सहित राजीनामा दिएका हुन् । मर्हजनले पार्टी नेतृत्व पूर्ण रूपमा अक्षम, आत्मकेन्द्रित र देशविरोधी प्रवृत्तिमा फसेको,पार्टी नेतृत्वको अहंकार, स्वार्थपरायणता र पदलालसाका कारण पार्टीजन मात्र होइन देशले समेत ठूलो नोक्सानी बेहोर्दै आएको, पार्टीभित्र मौलाएको भ्रष्टाचार, अनैतिकता र सिद्धान्तहीन व्यवहारले पार्टीलाई नै दलदलमा धकेलेको तथा राष्ट्र र जनताप्रति कुनै ठोस दृष्टि, नीतिगत प्रतिबद्धता र भविष्यको रणनीति नभएको हुँदा पार्टी अब जनताको पार्टी नभएर केही व्यक्तिहरूको निजी क्लब मात्र बनेको आरोप लगाएका छन् ।
मर्हजनले राजीनामा पत्रमा लेखेका छन् यस्ता कारणले गर्दा मैले यस राष्ट्रीय युवा संघ नेपाल तार्केस्वर नगर कमिटी अध्यक्ष र पार्टीको सदस्य पद मात्र होइन, सामान्य सदस्यता समेत तत्काल प्रभावले परित्याग गर्ने निर्णय गरेको छु ।
यस अघि यस्तै असहमती जनाँउदै नेकपा एमालेका तर्फबाट तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्षमा निर्वाचीत पुर्व वडा अध्यक्ष अमृत थापाले राजिनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
हिजो देखि सुरु भएको जेनजी आन्दोलनका क्रममा सरकारले अधिक बल प्रयोग गरेर निहत्था युवाहरुमाथी गोली चलाएको भन्दै नेकपा एमाले तथा नेपाली काँग्रेस सहितका पार्टीका युवाहरुले धमाधम राजिनामा दिईरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्