रबिन थपलिया । काठमाण्डौं । धार्मिक र एतिहाँसीक महत्व बोकेको तारकेश्वर नगरपालिका वडा नं १० स्थीत नासलचोकमा रहेको नासः द्द्यो (नाट्यश्वर मन्दिर) जिर्णोद्धार हुने भएकोछ । तारकेश्वरका नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको मेयर पुर्वाधार कोष अन्तर्गत रु २५ लाखको लागतमा नासः द्द्यो (नाट्यश्वर मन्दिर) जिर्णोद्धार गर्न लागिएको छ । घटस्थापनाको सुभसाईतमा आज विहान तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यतामा नासः द्द्यो (नाट्यश्वर मन्दिर) जिर्णोद्धारका लागि जगपुजा गरिएको छ । जगपुजाका क्रममा नगरप्रमुख कृष्ण हरि महर्जनले कला, संस्कृति र सम्पदाको जगेर्ना गर्न नगरपालिका लागि परेको बताँउदै मन्दीरको जिर्णोद्धारसंगै संस्कृति र परम्परा जर्गेना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयोे ।
सो अवसरमा मनमैजु अजिमा, धामीहरु, तारकेश्वर नगरपालिका वडा नं १० का वडा सदस्य विक्रम महर्जन र रत्नमायाँ परियार, मनमैजु युवा समाजका अध्यक्ष हिरालाल महर्जन,सहित स्थानीयहरुको उपस्थीति रहेको थियो ।


fgfg


प्रतिक्रिया दिनुहोस्