एन्जल्स हार्ट सेकेन्डरी स्कुलद्धारा क्रिकेटका दुई राष्ट्रिय खेलाडीलाई खेलकुद सामग्री प्रदान

Sagarmatha Post
Sagarmatha Post १० आश्विन २०८२, शुक्रबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १० स्थीत एन्जल्स हार्ट सेकेन्डरी स्कुलले क्रिकेट खेलका दुई जना राष्ट्रिय खेलाडी युवराज खत्री र ज्वय थापामगरलाई खेलकुद सामग्री प्रदान गरेको छ ।
विद्यालयमा आज आयोजीत एक कार्यक्रमका बिच विद्यालयका अध्यक्ष लिल बहादुर पुन, प्रिन्सीपल धन बहादुर पुन, एन्जल्स हार्ट नेश्नल स्कुलका प्रिन्सीपल टक बहादुर थापा, विद्यालयका डाईरेक्टर तथा भाइस प्रिन्सीपल दिल बहादुर बुढाथोकीले सामग्रीहरु हस्तान्तरण गर्नुभयो । सो अवसरमा एभरेष्ट स्कुलका अध्यक्ष बिष्णु पनेरु र संस्कार स्कुलका प्रिन्सीपल शन्तोष भट्टराईको समेत उपस्थीति रहेको थियो ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक धन बहादुर पुनले खेलाडीहरुलाई रु १ लाख २५ हजार बराबरको सहयोग उपलव्ध गराएको बताउनुभयो । दुबै खेलाडीहरु एन्जल्स हार्ट सेकेन्डरी कुलको कक्षा ११ मा अध्ययनरत छन् । खेलाडीहरुलाई विद्यालयले छात्रबृत्तीमा अध्ययन समेत गराईरहेको प्रिन्सीपल पुनले बताउनुभयो ।
खेलाडी खत्री एक महिना लामो क्रिकेटकोको तालिमका लागि भारतको नयाँ दिल्ली जाँदैछन् । खेलाडी खत्रीलाई विद्यालयले बाटो खर्चका लागि नगद समेत प्रदान गरेको छ । सामग्री पाएपछि दुवै खेलाडीहरुले आफुहरु निकै हर्षित भएको बताँउदै खेलकुद सामग्रीले क्रिकेट प्रशिक्षणमा थप सहयोग पुग्ने बताउनुभयो ।

May be an image of ‎4 people and ‎text that says '‎934406 8 باك CUA LSH ELS'‎'‎‎

May be an image of 5 people and textMay be an image of 4 people and text

ssd

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्