प्रभु ग्रुपका अध्यक्ष भट्टचन रिहा

Sagarmatha Post
Sagarmatha Post २६ कार्तिक २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौ । एमालेका पूर्व सांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई प्रहरीले सीआईबीको हिरासतबाट रिहा गरेको छ।

सीआईबी अनुसार, सरकारी वकिलको आदेशअनुसार स्वास्थ्यको कारण देखाउँदै हिरासतमा नराखी अनुसन्धान अघि बढाइने भएको छ। भट्टचनलाई ११ कात्तिकमा ललितपुरबाट पक्राउ गरिएको थियो।

उनीमाथि सहकारी ठगीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको थियो। उजुरीकर्ता ठाकुरप्रसाद मानन्धरले भट्टचनसहित अन्य विरुद्ध उजुरी दिएका थिए। तर, यस प्रकरणको मुख्य अभियुक्त मानिएकी प्रभु म्यानेजमेन्टकी प्रबन्ध निर्देशक कुसुम लामा अझै पक्राउ परेकी छैनन्।

लामालाई कम्पनीले मनी ट्रान्सफरको भुक्तानी एजेन्टको रूपमा नियुक्त गरी कारोबार गरे पनि करोडौं रुपैयाँ तिर्न नसकेको उजुरी परेको छ। भट्टचनमाथि अनुसन्धान जारी रहे पनि, मुख्य अभियुक्त लामाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्