काठमाण्डौं । तारकेश्वर नगरपालिकाको आयोजनामा यहि मंसिर १३ गते देखि सुरु हुने चौथो मेयर रनिङ शिल्ड प्रतियोगितालाई भव्यताका साथ सुसम्पन्न गर्नका लागि नगरपालिकाले पत्रकार तथा सञ्चारकर्मीहरुसंग राय सुझाबका लागि छलफल गरेको छ । नगरपालिकामा आज आयोजना गरिएको छलफल कार्यक्रममा तारकेश्वरमा बसोबास गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थीति रहेको थियो । छलफलमा पत्रकार तथा सञ्चारकर्मीहरुले प्रतियोगिता तारकेश्वरकै गौरबको बिषय रहेकाले सफलतापुर्वक सम्पन्न गर्नका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
छलफल कार्यक्रममा तारकेश्वर नगरपालिकाको शिक्षा समिति सदस्य एवं चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक राजेन्द्र प्रसाद तिमिल्सीना र सह संयोजक बिक्रम खड्गीले प्रतियोगिता सफल बनाउन पत्रकार तथा सञ्चारकर्मीहरुको महत्वपुर्ण भूभिका रहने बताँउदै रचनात्मक सहयोगको अपेक्षा गरीएको बताउनुभयो ।
तारकेश्वरकै इतिहाँसमा सर्वाधीक खेलाडीहरुको सहभागीता सहित सर्वाधीक पुरस्कार राशी रहेको चौथो मेयर रनिङ शिल्ड प्रतियोगिताका मंसिर १३ गते देखि २० गते सम्म चल्ने छ ।
हि मंसिर १३ गते देखि सञ्चालन हुने भएको छ ।
प्रतियोगितामा तारकेश्वरका सामुदायिक र संस्थागत गरी ६० विद्यालयका ५ हजार भन्दा बढी खेलाडी विद्यार्थीहरुको सहभागीता रहनेछ ।



प्रतिक्रिया दिनुहोस्