तारकेश्वर नगरपालिकाको १२ औं स्थापना दिवसको अवसरमा जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपूर्ण फुटसल सम्पन्न

Sagarmatha Post
Sagarmatha Post १६ मंसिर २०८२, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको स्थापना दिवसको अवसरमा आज जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
जनप्रतिनिधि र कर्मचारीबीच आपसी सद्भाव र सहकार्य बढाउने उदेश्य सहित आयोजना गरिएको प्रतियोगितामा पूरुष समुह तर्फ तारकेश्वरका जनप्रतिनिधिहरु बिजयी भए भने महिला तर्फ कर्मचारी समुह बिजयी भए ।
तारकेश्वर नगरपालिका वडा नं ८ स्थीत ट्रिप्टो फुटसल मैदानमा पुरुष जनप्रतिनिधि र कर्मचारी समुह बिचको खेल आयोजना गरिएको थियो भने महिला समुह तर्फ प्रारम्भ वल्ड स्कुलमा प्रतियोगिता सम्पन्न भयो ।
पुरुष समुह तर्फ जनप्रतिनिधिको तर्फबाट नगरप्रमुख कृष्ण हरी महर्जनले नेतृत्व गर्नुभएको थियो भने कर्मचारीको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले नेतृत्व गर्नुभएको थियो । पुरुष तर्फ निकै रोमाञ्चक रुपमा सम्पन्न भएको खेलमा ट्राईबेकरमा जनप्रतिनिधिको टोली बिजयी भए ।
त्यस्तै महिला समुहको नेतृत्व गदै उपप्रमुख सृजना बुर्लाकोटी अर्याल खेल मैदानमा उत्रिनुभयो । नगरप्रमुख र उपप्रमुखलाई सहयोग गर्न हरदम तयार रहने कर्मचारी समुह प्रतियोगितामा भने आफ्नो समुहलाई जित दिलाउन जनप्रतिनिधिहरुसंग मैदानमा चुनौति दिएर खडा भए ।
खेल सम्पन्न भएपछि बिजयी टोलीलाई नगरप्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले संयुक्त रुपमा ट्रफि र प्रमाणपत्र बितरण गर्नुभयो ।

May be an image of football, soccer and text
समारोहमा बोल्दै नगरप्रमुख कृष्ण हरि महर्जनले मैत्रीपुर्ण फुटसल प्रतियोगिताले जनप्रतिनिधि र कर्मचारी बिच आत्मीयता बढाउने बताँउदै यस्ता कार्यक्रमले नगरपालिकाको हितमा काम गर्न थप मद्धत पुग्ने विश्वास व्यक्तगर्नुभयो ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले जनप्रतिनिधि र कर्मचारीहरु बिचको आपसी समझदारी र एकता सदैब रहिरहोस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताँउदै प्रतियोगिताको नतिजाले पनि त्यस्तै सन्देश दिएको बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र्धमराज लम्सालले प्रतियोगिताले कर्मचारी र जनप्रतिनिधिहरु बिच विश्वासको वातावरण तयार गर्न सहयोग पुग्ने बताउनुभयो ।
फुटसल समारोह तारकेश्वर नगरपालिकाका खेलकुद समिति संयोजक बिक्रम खड्गीले संचालन गर्नुभएको थियो । कार्यक्रममा प्रारम्भ वल्ड स्कुलले स्थान उपलव्ध गराएर प्रतियोगितामा सहयोग गरेबापत नगरपालिकाको तर्फबाट सम्मान समेत गरिएको थियो ।
विद्यालयका संस्थापक अध्यक्ष बिनोद चापागाँईले समापन समारोहमा जनप्रतिनिधि र कर्मचारी बिचको सम्बन्धका बिषयमा सामाजिक सञ्जालमा टिकाटिप्पणी देख्ने गरेपनि बास्तवीकता फरक रहेको महसुस भएको बताँउदै रचनात्मक कार्यक्रम गरेकोमा नगरपालिकालाई बधाई र सुभकामना समेत दिनुभयो ।

May be an image of one or more people, people playing football, people playing soccer, grass and text

May be an image of one or more people and text

May be an image of one or more people, hospital and text that says 'Mahal ไล้ารงกา Idateizo Cclasseum Masha Petra ፍማል Otympie Lugo HLBAARC PHEM तार ना नगर क धरमत นจ์ वच्रदिंज विकारयो पार जगरपालिका नगवयालका काको कार' शी प्रदेश. """.'

May be an image of football, soccer and text that says 'श्वर नय সर नक T लिका हायल 50'

May be an image of football, soccer, grass and text

xcxc

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्