प्याब्सन काठमाण्डौंले आयोजना गर्न लागेको अण्डर १५ क्रिकेट लिगका लागि समुह चरणमा १०४ खेलाडी छानीए

Sagarmatha Post
Sagarmatha Post १८ माघ २०८२, आईतवार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौं जिल्ला प्याब्सनको आयोजनामा हुन लागीरहेको यु १५ क्रिकेट लिग (पुरुष) को समुह चरणको छनौट सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ९ इन्द्रायणी पुल स्थीत एन्जल्स स्पोर्टस क्रिकेट एकेडेमिमा आज भएको पहिलो चरणको छनौट कार्यक्रममा काठमाण्डौं जिल्लाका १०४ जना खेलाडी छनौटमा परेका हुन । क्रिकेट क्षेत्रका ख्यातीप्राप्त कोचहरुले एकेडेमिमा आज दिनभर लगाएर काठमाण्डौं जिल्लाका विभिन्न विद्यालय तथा एकेडेमिका करिब ३ सय बिद्यार्थीहरु मध्यबाट उनिहरु लाई पहिलो चरणको लागि छनौट गरेका हुन् । पहिलो चरणमा छनौटमा परेका खेलाडीहरु बिच पुन प्रतिष्पर्धा गराएर २४ जना खेलाडी दोश्रो चरणमा प्रवेश गर्नेछन् । दोश्रो चरणमा प्रवेश गरेका खेलाडीहरुलाई २ वटा म्याच खेलाएर अन्तीम चरणका लागि उत्कृष्ट १४ जना खेलाडी छनौट हुनेछन् । अन्तीम चरणमा छनौटमा परेका १४ जना खेलाडीहरुले माघ २८ गते देखि फागुन ६ गते सम्म मुलपानी क्रिकेट रंगशालामा हुने चल्ने यु १५ क्रिकेट लिगमा प्याव्सनका सातै प्रदेशबाट छनौट भएर आएका खेलाडीहरुसंग प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिता बिजेता टिमले नगद रु १ लाख ५० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्धितिय हुने टिमले ७५ हजार नगद,ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
काठमाण्डौं जिल्ला प्याव्सनका अध्यक्ष नवराज भट्टले समुह चरणमा विद्यार्थीहरुको सहभागीताले क्रिकेट खेलप्रति विद्यार्थीहरुको रुचि देखिएको स्पष्ट भएको बताँउदै क्रिकेट खेलाडीहरुको नेपालमा भबिष्य रहेको बताउनुभयो ।
उहाँले पहिलो चरणमा छनौट हुन नसकेका सम्पुर्ण खेलाडीहरुलाई प्रतियोगितमा सातै दिन निशुल्क रुपमा प्रवेशको व्यवस्था मिलाउने बताँउदै खेलकुद कार्यक्रममा सहभागीता जनाउन आग्रह गर्नुभयो ।
काठमाण्डौं जिल्ला प्याव्सनका उपाध्यक्ष एवं क्रिकेट लिगका संयोजक धन बहादुर पुनले क्रिकेट खेलप्रति विश्वमा देखिएको क्रेजलाई नेपाली विद्यार्थीहरु सम्म लगेर खेलप्रति आर्कर्षित गदै राज्यका क्रिकेटका उत्कृष्ट खेलाडी उत्पादनमा योग्दानदिने लक्षय सहित कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी पाएको एन्जल्स स्पोर्ट क्रिकेट एकेडेमिका अध्यक्ष खिम थापाले पहिलो चरणमा विद्यार्थीहरुको उत्साहजनक उपस्थीतिले कार्यक्रमलाई थप उचाईमा लगेको बताँउदै प्रतियोगितालाई अझ उत्कृष्ट बनाउन व्यवस्थापनीक पक्षबाट कुनै कम्जोरी हुन नदिने बताउनुभयो ।
प्रतियोगिता लिगकम नकआउट बेसीकमा चल्ने थापाले बताउनुभयो ।
क्रिकेट प्रेमि गौतम प्रति श्रदाञ्जली
यसै बिच क्रिकेटप्रेमि बिनोद कुमार गौतमको ४८ बर्षको उमेरमा भएको निधन प्रति काठमाण्डौं जिल्ला प्याव्सन र एन्जल्स स्पोर्टस क्रिकेट एकेडेमिले दुख व्यक्त गरेको छ ।
यु १५ क्रिकेट लिग प्रतियोगिताको छनौट चलिरहेको कार्यक्रम स्थलमा आज छोटो श्रदाञ्जली सभाको आयोजना गदै उहाँप्रति गहिरो दुख व्यक्त गरिएको छ । कार्यक्रममा काठमाण्डौं जिल्ला प्याव्सनका अध्यक्ष नवराज भट्ट, उपाध्यक्ष धन बहादुर पुन, एन्जल्स स्पोर्ट क्रिकेट एकेडेमिका अध्यक्ष खिम थापा, समुह चरणका लागि उपस्थीत रहनुभएका कोच एवं क्रिकेटका खेलाडीहरुले उहाँप्रति एक मिनेट मौन धारण गदै श्रदासुमन व्यक्त गरिएको छ ।
श्रदाञ्जली सभामा मन्तव्य राख्दै एन्जल्स स्पोर्टस एकेडेमिका अध्यक्ष खिम थापाले क्रिकेटका लागि यो निकैनै दुखद क्षण रहेको बताँउदै स्व गौतमकको योग्दान क्रिकेटका लागि सदैव यादगास्कर रहने बताउनुभयो ।
स्व गौतम मिलनसार, शिष्ट र उच्च क्रिकेटप्रमि व्यक्तित्व रहेको बताँउदै मृत आत्माको चिर शान्तिको कामना गदै परिवारजन प्रति गहिरो दुख व्यक्त गर्नुभयो ।

May be an image of one or more people

May be an image of text that says 'ANGELS' SPORTS CRICKETACADEMY CRICKET ACADEMY SAT'

May be an image of tennis, football, soccer and text

May be an image of text

May be an image of one or more people, people playing soccer, crowd and text

dfsdf

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्