प्याब्सन यू–१५ क्रिकेट लिग प्रतियोगिता आज देखि सुरु, मुलपानी रंगशालामा यसरी गरियो भव्य उदघाटन

Sagarmatha Post
Sagarmatha Post २८ माघ २०८२, बुधबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल, प्याव्सन काठमाण्डौंको आयोजनामा आज देखि पिसिएल अण्डर १५ लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
तल्लो मूलपानी क्रिकेट मैदान, मूलपानीमा सुरु भएको प्रतियोगिताको आज दिउँसो राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले रेफ्रिलाई बल र व्याट दिएर कार्यक्रमको उदघाटन गर्नुभयो ।
फागुन ६ गते सम्म चल्ने यस क्रिकेट लिगमा ८ टोली बिच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामामा आयोजक प्याब्सन काठमाडौंको टिम क्यापिटल्स, प्याब्सन सुदूरपश्चिमको टिम राइजिङ, प्याब्सन बागमतीको टिम च्यालेन्जर्स, प्याब्सन गण्डकीको टिम इगल्स, प्याब्सन कर्णालीको टिम हाइल्यान्डर्स, प्याब्सन कोशीको टिम स्ट्राइकर्स, प्याब्सन लुम्बिनी को टिम मोङ्स र प्याब्सन मधेशको टिम रोयल्स बिच प्रतिष्पर्धा हुनेछ । लिग कम नकआउट आधारमा हुने प्रतियोगितको करिब ८० लाख खर्च हुने अनुमान गरिएको कार्यक्रमका निर्देशक, एन्जल्स स्पोर्टस एकेडेमीका अध्यक्ष खिम थापाले जानकारी दिनुभयो ।

May be an image of one or more people and text
कार्यक्रमको उदघाटन गदै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले प्याव्सनले निजी नभई राष्ट्रिय जीवनका निम्ती क्रिकेट लिग आयोजना गरेको बताँउदै त्यसका निम्ती आफ्नो पुर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
परिषदले गर्ने राष्ट्रिय प्रतियोगितामा समेत प्याव्सनलाई जोडन सकिने भएकाले क्रिकेटसंगै अन्य विधाका खेलकुदका कार्यक्रमहरु समेत आयोजना गर्न प्याब्सनलाई सुझाब दिनुभयो ।

May be an image of one or more people and text
उदघाटन कार्यक्रममा प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले शिक्षासंगै प्याब्सनले राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले खेलकुदलाई पनि प्राथमिकतामा राख्दै आएको बताँउदै प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी ‘ड्रिम टिम’ निर्माण गदै सुविधासहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा अवसर प्रदान गर्ने बताउनुभयो ।
उदघाटन कार्यक्रममा प्याव्सन केन्द्रका सह अध्यक्ष गोपाल आचार्य, उपाध्यक्ष रबिन शर्मा, केन्द्रीय प्याव्सनका सचिवालय सदस्य लोकेन्द्र बा खड्का, प्याव्सन बाग्मती प्रदेशका अध्यक्ष मुरारी प्रसाद सञ्जेल, बरिष्ठ उपाध्यक्ष सानुकाजी कार्की, प्याव्सन काठमाण्डौंका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक धन बहादुर पुन, प्याब्सन जिल्ला कार्यसमिति पदाधीकारीहरु तथा सदस्यहरु, प्याव्सन किर्तिपुरका अध्यक्ष रबि भण्डारी, प्याब्सन तारकेश्वरका गोपाल बुढाथोकी लगायत प्याव्सन काठमाण्डौं मातहतका बिभिन्न नगर प्याव्सनका अध्यक्ष एवं पदाधीकारी लगायतको उपस्थीति रहेको थियो । कार्यक्रम प्याव्सन काठमाण्डौंका सचिब कृष्ण भण्डारीले सञ्चालन गर्नुभएको थियो ।

May be an image of text

May be an image of one or more people, dais and text

May be an image of one or more people and text

May be an image of textMay be an image of text that says 'PABSON: CRICKETLEAGUE CRICKET LEAGUE U-15 agh Felgun PCL 2082 2082 PABSON Cricket League U-15 2082'

fgfg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्