रबिन थपलिया । काठमाण्डौं । नेपाली काँग्रेसका सभापति गगन कुमार थापा, उपसभापती विश्व प्रकाश शर्मा सहित शिर्ष नेताहरुको उपस्थीतिमा काठमाण्डौं क्षेत्र नं ५ र ६ को संयुक्त चुनावी सभा आज सामाखुसी चोकमा सम्पन्न भएको छ ।
चुनावी सभालाई सम्बोधन गदै नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले बदलीएको काँग्रेसको नेतृत्वमा देशको अवस्था बदल्ने बताँउदै चार दिन पछि हुन गईरहेको प्रतिनिधिसभाको निर्वाचनमा रुख चिन्हमा मतदान गरेर काँग्रेसका उम्मेद्धवारलाई बिजयी गराउन आग्रह गर्नुभयो ।

काठमाणडौं क्षेत्र नं ५ र ६ ले सक्षम उम्मेद्धवार पाएको बताँउदै सभापति थापाले सक्षम उम्मेद्धवारलाई बिजयी गरेर पठाउन यस क्षेत्रका जनतालाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले नयाँ पार्टी र पुराना पार्टीका नाममा समाजमा भ्रम छरीरहेको प्रति सजग रहन आग्रह गदै नयाँ पार्टीका नाममा आएका पार्टीहरुको दुर्दशा यस अघिनै देखिसकिएकाले भ्रममा नपर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री एवं काठमाण्डौं क्षेत्र नं ५ का उम्मेद्धवार प्रदिप पौडेलले जनताले अपार मत दिएर यस अघि बिजयी गराएपनि कार्यकाल पुरानै नगरी पुन निर्वाचनमा जानु परेको बताँउदै मुलुकको यस बिसम परिस्थीतिमा हुन गईरहेको निर्वाचनमा आफुलाई मत दिएर बिजयी गराउन क्षेत्र नं ५ का मतदातालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका काठमाण्डौं जिल्ला सभापति एवं क्षेत्र नं ६ का प्रतिनिभिसभाका उम्मेद्धवार सबुज कृष्ण बानियाँले आफु निर्वाचीत भएपछि यस क्षेत्रका मतदाताहरुको शिर निहुरीने कुनैपनि क्रियाकलाप नगर्ने प्रतिबद्धता व्यक्त गदै भुगोल र माटोले चिनेको एक मात्र उम्मेद्धवार रहेकाले मतदान गरी बिजयी गराउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।
क्षेत्र नं ६ मा आफुले ६ वटा प्रतिबद्धता अगाडी सारेको बताँउदै बानियाँले बिष्णुमती नदिलाई पिउन योग्य नदिको रुपमा परिणत गर्न आफ्नो पहिलो प्रयास रहने बताउनुभयो ।कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ६ का क्षेत्रीय सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक श्याम कृष्ण खड्गीले मतदानका लागि मात्र ४ दिन समय रहेकाले टोलटोलमा पुगेर काँग्रेसलाई मत मागेर बिजयी गराउन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस बिपिका अध्यक्ष शुसिलमान शेरचन सहित पुरै टिम नेपाली काँग्रेसमा प्रवेश गरेको छ । काँग्रेस प्रवेश गरेको टिमलाई नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले माला र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । सो अवसरमा क्षेत्र नं ६ का राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, जनता समाजबादी पार्टी लगायत बिभिन्न पार्टीका एक सय भन्दा बढी नेपाली काँग्रेस प्रवेश गरेका छन् । रास्वपा क्षेत्र नं ६ का नेता एवं सामाजिक अभियन्ता शंकर जोसी, जनता समाजबादी पार्टी क्षेत्र नं ६ क का संयोजक नरेश शाक्य, जनता समाजबादी पार्टीका तर्फबाट २०७९ को निर्वाचनका उम्मेद्धवार गणेश शाक्य, टोखा नगरपालिका वडा नं ११ का नेपाली कम्युनिष्ट पार्टीका नेता कृष्ण केसी लगायत १ सय ५० भन्दा बढी बिभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेका छन् ।






fg


प्रतिक्रिया दिनुहोस्