रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको आयोजनामा वडा नं ८ डाँडागाँउ स्थीत पिपलडाँडा खेलमैदानमा प्रथम तारकेश्वर घोडेजात्रा महोत्सब सम्पन्न भएको छ ।
घोडेजात्रा पर्व परम्परागत रूपमा नेपाली सेनाले मात्र टुडीखेलमा आयोजना गदै आएपनि तारकेश्वर नगरपालिकाले त्यो परम्परालाई तोडदै ७५३ पालिकामानै आयोजना हुन नसकेको घोडेजात्रा कार्यक्रम आयोजना गरेर नयाँ इतिहाँस रचेको छ ।
महोत्सवमा घोडा दौड, रिले दौड, सो जम्प, सिक्स बार, वोल्डिङ, हैंगिङ, र म्यूजिकल राइड्स जस्ता विविध घोडाचढी सम्बन्धी खेलहरू प्रदर्शन गरिएको थियो । स्थानीय सरकारले पहिलो पटक आयोजना गरेको उक्त कार्यक्रमले सबैलाई सांस्कृतिक पहिचानको गर्व दिलाउनुका साथै तारकेश्वरको सांस्कृतिक धरोहरलाई एक नयाँ उचाइमा पुर्याएको छ ।
घोडेजात्राको अवसरमा एभरेष्ट हर्स राईडिङ एण्ड बग्गी सभिर्सेजको सह–आयोजनामा सम्पन्न प्रतियोगितामा सो जम्प तर्फ संयोग दवाडी प्रथम र समिर दवाडी द्धितिय बने । त्यस्तै म्युजिकल राईडमा पुरुष र महिला तर्फ क्रमश रिजन न्यौपाने प्रथम र समिर दवाडी द्धितिय तथा साया बोगटी प्रथम र अभिनव कार्की द्धितिय बनिन । त्यस्तै घोडा दौडमा अनुज अर्याल प्रथम र काजीबाबु केसी द्धितिय बने । प्रतियोगितामा बिजेता खेलाडीहरुलाई ट्रफि, मेडल सहित सम्मान गरिएको थियो ।
घोडेजात्रा कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको हौसला स्वरुप नगरप्रमुख कृष्ण हरि महर्जनले आफुले पाउने सेवा सुविधाबाट नगद पुरस्कार प्रदान गर्नुभयो । जस अनुसार प्रथम हुने अनुज अर्याललाई नगद रु १५ हजार, द्धितिय हुने अभिनव कार्कीलाई नगद रु १० हजार, तृतिय हुने साया बोगटीलाई नगद रु ५ हजार र सान्त्वना पुरस्कार प्राप्त गर्ने संयोग र समिर दवाडीलाई जनही रु २ हजार पाँच सयका दरले नगरप्रमुख महर्जनले नगद पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रमको उदघाटन गदै नगरप्रमुख कृष्ण हरि महर्जनले कला संस्कृतिको संरक्षण र संवर्दन गदै युवा पुस्ताहरुलाई कला संस्कृति प्रति आर्कषण गराउनका लागि महोत्सब आयोजना गरिएको बताउनुभयो । तारकेश्वर नगरपालिकाले पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितालाई आगामी बर्षहरुमा पनि निरन्तर रुपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले स्थानिय निकायमानै तारकेश्वर नगरपालिकाले पहिलो पटक प्रतियोगिता आयोजना गरेर नयाँ सन्देश दिन खोजीएको बताँउदै यसले संस्कृति संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्तगर्नुभयो ।
सह आयोजक एभरेष्ट हर्स राइडिङ एण्ड बग्गी सभिसेजका सञ्चालक गोविन्द दवाडीले नागरिक स्तरबाट घोडेजात्रा कार्यक्रम आयोजना गरेर तारकेश्वरले नयाँ इतिहाँस रचेको बताँउदै आगामी दिनमा प्रतियोगितलाई अझै भव्य रुपमा सम्पन्न गरिने बताउनुभयो ।
प्रतियोगिताको समापन गदै तारकेश्वर नगरपालिकाका प्रवक्त राधाकृष्ण खड्गीले कार्यक्रमले नगरको विकास र सांस्कृतिक पहिचानलाई प्रोत्साहन गरेको बताउनुभयो ।
घोडेजात्रा महोत्सबमा पुर्वको मारुनी देखि सुदुरपश्चीमको छरिया नृत्य समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रतिसभा सदस्य इच्छाराम कार्की, तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज लम्साल लगायत काठमाण्डौंका बिभिन्न स्थानिय निकायका प्रमुख र उपप्रमुख, तारकेश्वर नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको उपस्थीति रहेको थियो ।




sds


प्रतिक्रिया दिनुहोस्