तारकेश्वर नगरपालिका भित्रका होटल तथा रिसोर्टको आकस्मीक अनुगमन, चार तारे रिसोर्टमै भेटियो लापरबाही

Sagarmatha Post
Sagarmatha Post १६ चैत्र २०८२, सोमबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाकी उप–प्रमुख सृजना बुर्लाकोटी अर्यालको नेतृत्वमा आज तारकेश्वर नगरपालिकाका होटल तथा रिसोर्टहरूको आकस्मीक अनुगमन गरिएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ३ मा रहेका विभिन्न सात वटा होटल तथा रिसोर्टहरुको अनुगमन गरिएको हो । उक्त अनुगमनको क्रममा, विभिन्न होटल तथा रिसोर्टहरूले निर्माणका लागि आवश्यक नक्शा पास नगरेको, केहीले सम्पत्ति करनै नतिरेको, साथै केही होटेलका किचेनहरूमा म्याद गुज्रीएका खाध्य सामग्री समेत भेटिएको छ । विशेष गरी, अनुगमन टोलीले केही होटलहरूमा विदेशी वाइनहरूमा उत्पादन मिती भएपनि प्रयोग मिति नभेटिएकाले जफत समेत गरिएको तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा तारकेश्वर ३ स्थीत चारतारे रिसोर्ट नागार्जुन रिसोट काठमाण्डौंको किचेनमा म्याद गुज्रीएको पापड, पिठो तथा स्टोर कोठामा प्रयोग गरिसक्नुपर्ने मिति उल्लेख नभएका बिभिन्न बिदेशी ब्राण्डका वाईनहरु भेटिएको अनुगमनमा रहनु भएका राष्ट्रिय उपभोक्ता मञ्च काठमाण्डौंका अध्यक्ष भक्ति नारायण महर्जनले बताउनुभयो । रिसोर्टको किचेनले स्टाण्डर मेन्टेन गरेपनि मिति सक्कीएका सामग्रीहरु भेटिएकाले अनुगमन टोलीले सचेत गराएको बताउनुभयो ।
अनुगनमाका क्रममा कैफियत भेटिएपछि चारतारे रिसोर्ट नागार्जुन रिसोट काठमाण्डौंका एम.एन शर्माले अनुगमनका क्रममा देखिएको त्रुटीलाई सच्याएर ग्राहकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । अनुगमनका क्रममा स्टोरमा भेटिएका बिदेशी ब्राण्डका वाइनहरुमा प्रयोग गरिसक्नुपर्ने मिति उल्लेख नभएकाले चाँडै ति वाइनहरु डिलरलाई र्फिता पठाउने बताउनुभयो ।
अनुगमनका क्रममा तारकेश्वर ३ स्थीत होटल सल्लेरीमा समेत मिति सक्कीएको बिदेशी ब्राण्डका वाइनहरु भेटिएको थियो । अनुगमनका क्रममा भेटिएका केहि वाइनहरु अनुगमन टोलीले जफत गरिएको टोलीका सदस्य एवं राष्ट्रिय उपभोक्ता मञ्चका तारकेश्वर नगर अध्यक्ष सानुबाबु महर्जनले बताउनुभयो ।
त्यस्तै तारकेश्वर ३ स्थीत थुम्की ट्रि हाउस एण्ड रिसोर्टको किचेनमा तिन महिना म्याद गुज्रीएको केचप प्रयोग गरिएको भेटिएपछि तत्काल त्यसलाई नष्ट गरिएको छ । त्यस्तै उक्त रिसोर्टमा समेत म्याद गुज्रीएको पेयपदार्थ तथा बिदेशी ब्राण्डको वाइन भेटिएको अनुगमनमा संलग्न तारकेश्वर नगरपालिकाका नगरप्रहरी प्रमुख टिकाराम श्रेष्ठले बताउनुभयो ।
तारकेश्वर नगरपालिकाका अनुगमन समितिका सदस्य भुपेन्द्र बडालले नगरपालिकाले तारकेश्वरको होटल तथा पर्याटन व्यवसायहरुलाई व्यवस्थीत र मर्यादीत बनाउन अनुगमन थालीएको बताँउदै अनुगमनका क्रममा पहिलो चरणमा सजग गराउने र फेरी त्यस्तै गल्ती भेटिएमा कारबाही गरिने बताउनुभयो ।
नगरपालिकाले होटल तथा रिसोर्टहरूको मापदण्ड सुनिश्चित गर्ने, र आगन्तुकको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै, आगामी दिनमा पनि यस्ता अनुगमनको क्रम जारी राख्ने बताएको छ । यस प्रकार, तारकेश्वर नगरपालिकाले आफ्नो पर्यटन क्षेत्रमा गुणस्तर र सुरक्षाको सुनिश्चितता गर्न थप कदम उठाएको स्पष्ट देखिन्छ ।

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of text

May be an image of one or more people, drink and text

May be an image of one or more people

ghgh

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्