रबिन थपलिया । काठमाण्डौं । उद्यमशिलता र पारदर्शीता : सहकारीको प्राथमिकता भन्ने मुल नारासहित तारकेश्वर नगरपालिकाले ६९ औं सहकारी दिवस मनाइएको छ । चैत्र २० गते सहकारी दिवसको अवसरमा नगरपालिका भित्र सञ्चालीत सहकारी संस्थाहरुको उपस्थीतिमा अन्तरक्रिया कार्यक्रम तथा प्रदर्शनी लगायतको कार्यक्रम गरी सहकारी दिवस भव्यताका साथ मनाईएको तारकेश्वर नगरपालिकाको सहकारी शाखाका अधिकृत भुपेन्द्र सिंह बडुवालले जानकारी दिनुभयो ।
सहकारी दिवसको दिन आज विहानै तारकेश्वर नगरपालिका वडा नं ६ स्थीत नर्भ भ्याली स्कुलको गेटबाटमा तारकेश्वर नगरपालिका क्षेत्र भित्रका सम्पुर्ण सहकारी संस्थाहरुबाट प्रतिनधित्व गदै सहकारीका संचालक तथा कर्मचारीहरुले आ–आफ्नो सहकारीको प्लेकार्ड सहित र्याली निकालेर नगरपालिका सम्म पुगेका थिए ।
नगरपालिकामा सहकारी दिवसको अवसरमा बिभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । सो अवसरमा अन्तरक्रिया कार्यक्रम, रक्तदान र प्रदर्शनी कार्यक्रमहरु सम्पन्न गरियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले देशै भरका सहकारीहरु बदनाम भईरहंदा तुलनात्मक रुपमा तारकेश्वर नगरपालिकाका सहकारीहरु कम बदनामी हुनुमा सुखद पक्ष रहेको बताँउदै सहकारीको मर्म र भावना अनुसार सञ्चालन गर्न आग्रह गर्नुभयो ।
नगरपालिका भित्रका सबै सहकारीहरुको विस्तृत र प्रभावकारी अनुगमन गरी सहकारीहरुलाई व्यवस्थीत गरिने बताँउदै उपप्रमुख अर्यालले मर्यादीत भएर काम गर्ने सहकारीहरुलाई नगरपालिकाले पुरस्कृत समेत गरिने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले सहकारीहरुलाई बदनाम नहुनेगरी काम गर्न आग्रह गर्नुभयो । सहकारी दिवसको अवसरमा राखिएको उत्पादनको प्रर्दशनीले सहकारीलाई आर्थिक टेवा पुर्याउने बताँउदै बिचौलीयाको अन्त्य गर्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा तारकेश्वरका नगर प्रवक्ता एवम् नगर सहकारी संजालका संयोजक राधाकृष्ण खड्गीले सहकारीले लामो समयदेखि राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको बताँउदै छरिएर रहेको स–सानो स्थानीय बजेट र श्रोत साधनको उच्चतम सदुपयोग गरि आर्थिक सशक्तीकरण र गरिबी निवारणमा प्रत्यक्ष÷अप्रत्यक्ष महत्त्वपूर्ण सहयोग गरेको बताउनुभयो ।
कार्यक्रममा काठमाडौं जिल्ला सहकारी संघका महासचिव–बालकुमार बास्तोला, कास्कुन का महासचिव– निरन्जन सेढाई, राष्ट्रिय सहकारी बैंक गोंगबु शाखाका प्रबन्धक– युवराज त्रिपाठी, राष्ट्रिय सहकारी हकहित मंचका अध्यक्ष, गोविन्द गिरी लगायतले नगरपालिकाको श्रृजनशील र नवीन कार्यक्रमले दिगो र विशेष अर्थ राखेको बताउदै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
नगरपालिकाको तर्फबाट सहकारी शाखा प्रमुख भूपेन्द्रसिंह बडालले सहकारीहरुको यो समन्वय, सहकार्य र उत्साहजनक सहभागिताको लागि धन्यवाद व्यक्त गर्दै, स्वागत मन्तव्य र “सहकारी संस्थाका वर्तमान समस्या र समाधानका उपाय विषयक प्रस्तुति राख्नुभएको थियो ।
काठमाडौं जिल्ला सहकारी संघका संचालक सदस्य, कविन्द्र रिजालले कार्यक्रम संचालन÷संयोजन गर्नुभएको थियो। नगरपालिकाको कार्यालयले जिल्ला सहकारी संघका संचालक सदस्य, कविन्द्र रिजाल, हरिप्रसाद सापकोटा र प्ब्क्ऋऋग्ल् का सदस्य पुस्कर सापकोटा लाई सहकारी अभियान र यस कार्यक्रममा महत्त्वपूर्ण योगदान पुर्याएकोमा कदरपत्र प्रदान गरेको थियो।






fgfg


प्रतिक्रिया दिनुहोस्