रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको वडा नं. ९ स्थत एन्जल्स किड्स मन्टेश्वरी तथा एन्जल्स हार्ट नेशनल स्कूलमा आज प्रि–प्राइमरी ग्राजुएशन समारोह भव्य रूपमा सम्पन्न भएको छ । ।
तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालको प्रमुख आतिथ्यता तथा काठमाण्डौं जिल्ला प्याव्सनका उपाध्यक्ष धन बहादुर पुनको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले ग्राजुएसन कार्यक्रम बालबालिकाहरूको लागि एउटा महत्वपूर्ण र हर्षोल्लासको क्षण रहेको बताँउदै अविभावक, विद्यालय र शिक्षक सबैको योगदानले उनीहरूलाई उज्ज्वल भविष्यतर्फ डोर्याउने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष लिलबहादुर पुनले विद्यालयले सानो उमेरदेखि नै उनीहरूलाई सपनाहरू ठूला बनाउन, चुनौतीहरूलाई सामना गर्न र आफ्ना क्षमतामा भरोसा राख्न सिकाएका बताँउदै बालबालिका आज केवल विद्यालयको कार्यक्रममा मात्र होइन, जीवनका नयाँ यात्राको सुरुवातमा रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टक बहादुर थापाले विद्यालयले बालबालिकाहरुलाई सानो उमेरदेखि नै गुणस्तरीय शिक्षा र आत्मविश्वासको विकासमा जोड दिएको बताँउदै आज सबैको माया, समर्थन र शिक्षकहरूको निष्ठाले बालबालीकाले सुनौलो भबिष्या कोर्ने क्षणमा पुगेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयकी एकेडेमिक डाईरेक्टर रेखा शाही हमालले आज केबल ग्राजुएशनको उत्सव मात्र नभई बालबालिकाको लागि सुनौलो दिनको सुरुवात रहेको बताउँदै बालबालीकाहरुलाई यस बिशेष दिनको सुभकामना व्यक्तगर्नुभयो ।
सो अवसरमा विद्यालयका अविभावकहरुले ग्राजुएशनले बालबालिकाको भविष्यमा आशा, आत्मविश्वास र प्रतिबद्धता जगाएको बताँउदै उनीहरूलाई जीवनका हरेक चुनौतीहरू पार गर्दै अगाडि बढ्न प्रेरित गर्ने विश्वास व्यक्तगर्नुभयो ।
कार्यक्रममा बालबालिकाहरूको मनमोहक नृत्य, गीत र आत्मविश्वासपूर्ण भाषणले उपस्थित सबैलाई प्रभावित बनाएको थियो । यस अवसरमा विद्यालयका शिक्षकहरूले बालबालिकाहरूको प्रगति र लगनशीलताको प्रशंसा गर्दै, आगामी शैक्षिक यात्राका लागि शुभकामना दिए ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका पुर्व शिक्षा शाखा प्रमुख पदम बहादुर खत्री,एन्जल्र्स स्पोर्टस एकेडेमिका अध्यक्ष खिम थापा, सर्वशक्ति बचत तथा ऋण सहकारीका अध्यक्ष सुरेन्द्र महर्जन, विद्यालयको माध्यामिक तहका निर्देशक इमु कुमारी गुरुङ, विद्यालयकी सञ्चालक सृजना बस्नेत, विद्यालयकी लेखा प्रमुख शर्मिला गिरी, प्रि–प्राईमरी तहकी कोअर्डीनेटर सिम्रन महर्जन लगायत विद्यालयका शिक्षक, कर्मचारीहरु, अविभावकहरु लगायतको उपस्थीति रहेको थियो ।








ghhg


प्रतिक्रिया दिनुहोस्