आयुर्वेद हेल्थ होमको आयोजनामा तारकेश्वरमा पहिलो अन्तर्राष्ट्रिय वेलनेस दिवस भव्य रूपमा मनाइयो

Sagarmatha Post
Sagarmatha Post २ बैशाख २०८३, बुधबार
3 Min Read
Aa

रबिन थपलिया ।  काठमाडौं । आयुर्वेदिक जीवनशैलीको प्रवद्र्धन तथा स्वस्थ जीवनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले तारकेश्वर ३ स्थीत आयुर्वेद हेल्थ होम नागार्जुन सेन्टरमा ‘आरोग्योत्सव’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
पहिलो अन्तर्राष्ट्रिय वेलनेस दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रमले स्वास्थ्य, योग, प्राकृतिक उपचार तथा समग्र जीवनशैली सुधारका विविध पक्षहरूलाई समेट्दै सहभागीहरूलाई महत्वपूर्ण सन्देश दिएको छ ।
तारकेश्वर नगरपालिकाकी कार्यवाहक मेयर सृजना बुर्लाकोटी अर्यालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, स्वास्थ्यकर्मी, योग प्रशिक्षक, आयुर्वेद विशेषज्ञ तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घघाटन सत्रमा बोल्दै तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यलले तारकेश्वर नगरपालिकाले आयुर्वेद र स्वास्थ्यका क्षेत्रलाई प्राथमीकतामा राखेर बिभिन्न कार्यक्रमहरु गरिरहेको बताँउदै आयुर्वेद क्षेत्रको विकासमा नगरपलिका हातेमालो गरेर अगाडी बढने प्रतिबद्धता व्यक्तगर्नुभयो ।
नेपालको प्रस्तावमा पारीत भएर पहिलोपटक संसारभर मनाईरहेको अन्तराष्ट्रिय आरोग्य दिवसको अवसरमा यस क्षेत्रका सम्पुर्ण व्यक्तित्वहरुलाई बधाई र सुभकामना व्यक्त गदै दिवससंगै यसका महत्वहरुका बारेमा समाजामा सकारात्मक कुराहरु फैलाउन आग्रह गर्नुभयो ।
काठमाण्डौं सहित देशका धेरै मसाज सेन्टरहरुले वेलनेस भन्दै गलत क्रियाकलापहरु गरिरहेको बताँउदै कार्यवाहक नगरप्रमुख बुर्लाकोटीले त्यस तर्फ आयुर्वेद क्षेत्रले ध्यानदिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सेन्टरका प्रमुख डा बद्री कोइरालाले आरोग्य भनेको केवल रोग नभएको अवस्था मात्र नभएर शारीरिक, मानसिक र आत्मिक सन्तुलनको समष्टि रहेको बताँउदै यसका लागि आयुर्वेद, योग र ध्यानको अभ्यास अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा आयुर्वेद कान्सीलका अध्यक्ष प्रा.डा श्याममणी अधिकारीले स्वास्थ्यप्रति सचेत रहन र प्राकृतिक विधिहरू अपनाउन प्रेरित गर्ने यस्ता पहलहरूले दीर्घकालीन रूपमा समाजको समग्र स्वास्थ्य सुधारमा योगदान पु¥याउने अपेक्षा गरिएको बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले आयुर्वेदप्रति नगरपालिका र वडा सदैब सकारात्मक रहेको बताँउदै आफुहरुले आवश्यक परेको अवस्थामा सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल ट्राभल्स एण्ड टुरका बरिष्ठ उपाध्यक्ष जिस्वान तुलाधर श्रेष्ठले पहिलो वेल्नेस दिवससंगै नेपालमा अन्तराष्ट्रिय मेडिकल पर्यटन भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्तगर्नुभयो ।
कार्यक्रममा युवा आर्युवेद चिकित्सक संस्थाका संस्थापक अध्यक्ष डा व्योम कोइरालाले ‘आरोग्योत्सव’ कार्यक्रमको मुख्य उद्देश्य समाजमा स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्नु, प्राकृतिक उपचार विधिहरूको प्रवद्र्धन गर्नु तथा आयुर्वेदलाई जनजीवनसँग नजिक बनाउनु रहेको बताँउदै यस्तो कार्यक्रममार्फत अन्तर्राष्ट्रिय वेलनेस दिवसको सन्देशलाई व्यापक रूपमा फैलाउने लक्ष्य राखिएको बताउनुभयो ।
कार्यक्रममा डा शन्तोष ठाकुर, आयुर्वेद क्याम्पस किर्तिपुरका सहायक प्रोफेसर डा शिवमंगल प्रसाद, डा शरिता श्रेष्ठ,डा रमेश पौडेल, डा रबिन भुसाल, बिनोद अधिकारी, शन्तोष कुंवर लगायतले पहिलो आरोग्य दिवस मनाउन पाउनु नेपालकै गौरबको कुरा रहेको बताँउदै यस अवसरमा सवैलाई बधाई र सुभकामना व्यक्त गर्नुभयो । उहाँहरुले आयुर्वेदको क्षेत्रमा आयुर्वेद हेल्थ होम र यसका संस्थापक स्व डा ऋषि कोइरालाको योग्दान अतुलनीय रहेको बताँउदै उहाँको परिकल्पनालाई नेपाल सरकार मार्फत अन्तराष्ट्रिय समुदायले साकार पारेको बताउनुभयो ,
कार्यक्रममा सञ्चालन डा. सागरनाथ अधिकारीले गर्नुभएको थियो ।

May be an image of flute and temple

May be an image of one or more people

May be an image of one or more people and temple

May be an image of one or more people and temple

May be an image of one or more people, henna, dais and wedding

May be an image of dancing

May be an image of ‎text that says '‎דונזר AROGYAUTSAVA "आरोग्योत्सव" Celebration of 1st Internati Wellness day Venue: Ayurveda He Nagarjun Ce‎'‎

dfdf

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्