खेलसँगै शिक्षामा प्रोत्साहन, एन्जल्स हार्टको आयोजनमा आज देखि ३x३ बास्केटबल प्रतियोगिता सुरु,बिजेता टिमले पुर्ण छात्रबृत्ती पाउने

Sagarmatha Post
Sagarmatha Post २ जेष्ठ २०८३, शनिबार
3 Min Read
Aa

काठमाडौं । शिक्षा, अनुशासन, चरित्र निर्माण र उत्कृष्टताको मूल मन्त्रलाई आत्मसात गर्दै एन्जल्स हार्ट सेकेन्डरी स्कुल एण्ड कलेजले आयोजना गरेको दुईदिने “३x३ बास्केटबल प्रतियोगिता” शनिबारदेखि भव्य रूपमा सुरु भएको छ । विद्यालय परिसरस्थित बास्केटबल कोर्टमा सुरु भएको प्रतियोगिताले युवा खेलाडीहरूमा नयाँ उत्साह, ऊर्जा र प्रतिस्पर्धात्मक भावना जागृत गराएको छ ।

बाग्मती प्रदेशका पूर्व मन्त्री शैलेन्द्रमान बज्राचार्य ले प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै खेलकुदलाई राष्ट्रको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधारका रूपमा व्याख्या गरे । उनले वर्तमान पुस्तालाई सिर्जनात्मक, अनुशासित र जिम्मेवार बनाउन विद्यालयस्तरका खेलकुद गतिविधिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रममा नागरिक सचेतना समाजका अध्यक्ष प्रा. श्याम बिष्ट, एन्जल्स हार्ट सेकेन्डरी स्कुलका अध्यक्ष लिल बहादुर पुन, काठमाडौं जिल्ला प्याव्सनका उपाध्यक्ष एवं विद्यालयका प्रिन्सिपल धन बहादुर पुन, विद्यालयका उपाध्यक्ष यम बहादुर छन्त्याल, सहायक प्रधानाध्यापक दिल बहादुर बुढाथोकी तथा एन्जल्स हार्ट नेशनल स्कुलका प्रिन्सिपल टक बहादुर थापा लगायत शिक्षाविद्, समाजसेवी, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतियोगितामा २०८२ सालको एसईई परीक्षामा सहभागी भएका विद्यार्थीहरूबीच प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ । छात्रतर्फ ३८ टोली तथा छात्रातर्फ १६ टोलीको सहभागिता रहेको प्रतियोगितालाई विद्यालयस्तरकै आकर्षक र प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रमका रूपमा हेरिएको छ ।विद्यालय प्रशासनका अनुसार प्रतियोगिता ‘लिग कम नकआउट’ प्रणालीमा सञ्चालन भइरहेको छ भने खेलहरू नेपाल बास्केटबल संघको मान्यताप्राप्त ३x३ नियमअनुसार खेलाइँदै छन् । प्रत्येक टोलीमा तीन खेलाडी र एक वैकल्पिक खेलाडी रहने व्यवस्था गरिएको छ ।

विद्यालयका प्रिन्सिपल धन बहादुर पुनले प्रतियोगितालाई केवल खेलकुद गतिविधिमा सीमित नराखी विद्यार्थीहरूको शैक्षिक भविष्यसँग जोडिएको अवसरका रूपमा विकास गरिएको बताए । उनले पुरुष तथा महिला दुवै समूहका विजेता टोलीलाई विद्यालयमा पूर्ण छात्रवृत्ति प्रदान गरिने घोषणा गरे । साथै सहभागी टोलीका विद्यार्थीहरूलाई विद्यालयमा अध्ययन गर्न चाहेमा भर्ना शुल्क, मासिक शुल्क तथा अन्य विभिन्न शीर्षकमा विशेष सहुलियत प्रदान गरिने जानकारी दिए ।

उनले भने, “हामी प्रतिभाशाली विद्यार्थीलाई आर्थिक अभावका कारण अवसरबाट वञ्चित हुन दिन चाहँदैनौं । खेलाडी विद्यार्थीहरूलाई शिक्षासँग जोडेर अघि बढाउनु नै हाम्रो मुख्य उद्देश्य हो । खेलकुदले सिकाउने अनुशासन, सहकार्य र नेतृत्व क्षमता जीवनका हरेक क्षेत्रमा उपयोगी हुन्छन् ।”

प्रतियोगितामा प्रथम हुने टोलीले नगद १७ हजार रुपैयाँ तथा द्वितीय हुने टोलीले १३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसबाहेक ट्रफी, मेडल, प्रमाणपत्र तथा आकर्षक उपहारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताले केवल खेल प्रतिभाको खोजी मात्र नगरी विद्यार्थीहरूबीच मित्रता, सहकार्य र सामाजिक सम्बन्ध विस्तार गर्ने अवसरसमेत प्रदान गरेको सहभागीहरूले बताएका छन् ।एन्जल्स हार्टले विगत केही वर्षदेखि शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउने नीति अवलम्बन गर्दै आएको छ । विद्यालयले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको जनाएको छ ।

May be an image of one or more people and text

May be an image of basketball and text that says 'ANGELS HEART ANGLES' HEART SECONDARY SCHOOL Tarkeshwor-10 Manamaiju, Kathmandu 3X3 BASKETBALL PRESENTS TOURNAMENT SEE GRADUATES 2082 AND BELOW FOR BOYS ANGELS HEART 07 FOR GIRLS HIGH BOYS & GIRLS BOTH CATEGORIES! LEVELO SAFETY LONG SERAKE EXCELLENT ON-TIME PERFORNANCE HIGH EXCITING REWARDS AWAIT! COMPLIANCE 1st Prize Rs. 15,000 (each category) 2nd Prize 10,000 (each category) TAILORED YOUR . BUSINESS NEEDS EXCEPTIONAL REGULATION ALIGNED WITH INDUSTRY DEMANDS Gift Hampers Scholarships Deserving Candidates& Players Trophies& All Finalists'

May be an image of one or more people, people playing basketball, people playing football, people playing soccer and text

May be an image of ‎one or more people and ‎text that says '‎ANGELSI و COLLEGE GE EGE COLL SCHOOL SEC. HEART ANGELS P OONY EGE‎'‎‎May be an image of text

sdad

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्