काठमाडौंमा सामाजिक सञ्जालको माध्यम प्रयोग गरी संगठित रूपमा यौनजन्य अनैतिक गतिविधि सञ्चालन गर्ने गिरोहमाथि प्रहरीले ठूलो कारबाही गरेको छ। फेसबुक, ह्वाट्सएप लगायतका अनलाइन प्लेटफर्ममार्फत ग्राहक खोज्ने, युवतीहरूको फोटो तथा भिडियो देखाएर मोलमोलाइ गर्ने, भेटघाटको व्यवस्था मिलाउने तथा विभिन्न होटलमा पुर्याएर यौनजन्य गतिविधि गराउने कार्यमा संलग्न रहेको आरोपमा १६ जनालाई पक्राउ गरिएको हो।
प्रहरी अनुसन्धानअनुसार गिरोहले डिजिटल माध्यमलाई ‘व्यापारिक नेटवर्क’ का रूपमा प्रयोग गर्दै ग्राहक र महिलाबीच सम्पर्क स्थापित गर्ने, आर्थिक लेनदेनको सहजीकरण गर्ने तथा ट्याक्सी र निजी सवारीमार्फत गौशाला क्षेत्रको शम्भुमार्ग र बत्तीसपुतली आसपासका होटलसम्म पुर्याउने कार्य गर्दै आएको थियो। यसरी अनलाइन प्रविधिको दुरुपयोग गर्दै गोप्य रूपमा सञ्चालन भइरहेको सञ्जाल लामो समयदेखि सक्रिय रहेको आशंका गरिएको छ।
पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका २ घर भई काठमाण्डौं बस्ने ३३ वर्षीय होटल सञ्चालक विकास भुलन, सर्लाही लालबन्दी नगरपालिका १४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुर बकैया गाउँपालिका ८ का २८ वर्षीय बिबेक स्याङ्तान तथा जिल्ला काठमाण्डौ, काठमाडौं महानगरपालिका ९ शम्भुमार्ग बस्ने राजकुमार गौतम रहेका छन् ।
यस्तै पेमा लामा , अन्जली धिमाल , लक्ष्मी मगर , सम्झना थापा , एलिना तामाङ , कमला माया लामा , फुर्वा माया तामाङ, शिवानी सुनार , रोशनी लामा , सपना बम, उमा देवी गुरुङ र प्रिया तामाङलाई पनि नियन्त्रणमा लिइएको छ ।


प्रतिक्रिया दिनुहोस्