एसईई-२०८२ मा उत्कृष्ट नतिजा ल्याउने ओप्स आबद्ध विद्यार्थी र शिक्षकहरू एकै मञ्चबाट सम्मानित

Sagarmatha Post
Sagarmatha Post ३ श्रावण २०८३, आईतवार
7 Min Read
Aa

काठमाडौँ । साउन ३ गते । अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, विद्यालय तथा शिक्षक–कर्मचारीलाई सम्मान गरेको छ।

राजधानीको दियालो फुडल्यान्ड, शेषमतीमा आयोजित ‘बधाई तथा सम्मान कार्यक्रम २०८३’ मा ४.०० GPA प्राप्त गर्ने १५ विद्यालयका विद्यार्थी, औसत GPA का आधारमा उत्कृष्ट विद्यालय तथा विषयगत रूपमा उत्कृष्ट नतिजा दिलाउने शिक्षकहरूलाई सम्मान गरिएको हो।

May be an image of dais, temple and text

कार्यक्रमको उद्घाटन तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो। उहाँले विद्यार्थीहरू नै देशको भविष्य भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि स्थानीय सरकार संस्थागत विद्यालयसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख सुरेश कुमार जोशीले विद्यार्थी, अभिभावक र विद्यालयको संयुक्त प्रयासले उत्कृष्ट नतिजा सम्भव भएको बताउँदै आगामी दिनमा नैतिक तथा व्यावहारिक शिक्षामा पनि जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

तारकेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकीले नगरभित्र सरकारी तथा निजी विद्यालयको शैक्षिक स्तर अझ सुदृढ बनाउन रणनीतिक रूपमा काम भइरहेको जानकारी दिनुभयो।

May be an image of one or more people and dais

कार्यक्रमको अध्यक्षता गर्दै ओप्सका अध्यक्ष लोकेन्द्र बहादुर खड्काले संस्थागत विद्यालयहरूले गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगरेको र उत्कृष्ट नतिजा त्यसैको प्रमाण भएको बताउनुभयो। उहाँले विद्यार्थीको सफलतामा शिक्षक तथा कर्मचारीको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा सिर्जनात्मक शिक्षामा केन्द्रित कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

​राष्ट्रिय गानको गुञ्जनसँगै प्रारम्भ भएको उक्त उत्सवमय कार्यक्रममा ओप्सका संयोजक रबिन बस्नेतले उपस्थित सम्पूर्णमा हार्दिक स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सृजना ज्ञानसागर विद्यालयका विद्यार्थीहरूले आफ्नो सुमधुर स्वरमा आकर्षक स्वागत गीत प्रस्तुत गरेर माहौललाई संगीतमय बनाएका थिए।
​उक्त भव्य समारोहमा प्याब्सन केन्द्रका उपाध्यक्ष थकिन कुमार गुरुङ्ग, प्याब्सन बागमती प्रदेशका अध्यक्ष मुरारी प्रकाश सन्जेल, शिक्षा विकास तथा समन्वय इकाई काठमाडौँ परीक्षा विभागका दुर्गा बहादुर भुजेल, प्याब्सन जिल्ला काठमाडौँका अध्यक्ष नवराज भट्ट, बागमती प्रदेशका कोषाध्यक्ष खेमराज घिमिरे र प्याब्सन काठमाडौँका सल्लाहकार जे.बी. हमाल लगायतका विशेष व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। साथै प्याब्सन काठमाडौँका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, प्याब्सन टोखाका अध्यक्ष अरुण के.सी., प्याब्सन बुढानीलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठ सहित विभिन्न प्रतिष्ठित पब्लिकेसनका प्रतिनिधि, वरिष्ठ पत्रकार, ओप्स आबद्ध विद्यालयका निर्देशक, सह-प्रधानाध्यापक, शैक्षिक संयोजक, इन्चार्ज, बुद्धिजीवी, अभिभावक तथा विद्यार्थीहरूको व्यापक एवं उत्साहजनक सहभागिता रहेको थियो।

४.०० GPA ल्याउने यी हुन् सम्मानित विद्यार्थीहरू:
​एसईई २०८२ मा पूर्णाङ्क अर्थात् ४.०० GPA हासिल गरी ओप्सको साख बढाउने विभिन्न १५ वटा विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूलाई खादा, टोपी र सम्मान-पत्रद्वारा विभूषित गरिएको थियो:
​अमृत सेकेन्डरी स्कुल (बालाजु-१६): प्रतिक्षा कुँवर
​एन्जल्स हार्ट मा.वि. (तारकेश्वर): अनामिका उप्रेती, सुभम महर्जन, सुविज्ञा रिमाल, सुदिप खड्का, स्वप्निल थापा, उदया थापा
​ग्यालेक्सी एजुकेसनल मेरिट स्कुल (खरिबोट): रबिन सेडाई
​ज्ञान मन्दिर सेकेन्डरी स्कुल (बालाजु-१६): सङ्ग्या गिरी
​हिम रश्मी हाइ स्कुल (तारकेश्वर): आदर्श पन्थी, आकृति कार्की, देवराज रेग्मी, एलिजा गिरी, कुशल रिमाल, निरभ पाण्डे, परान्जया खड्का, प्रतिक्षा गौतम, सायम् सुनार, स्विकृति न्यौपाने, उपमा अर्याल
​कौशल इङ्लिस बोर्डिङ स्कुल (तारकेश्वर): आशुतोष दाहाल, बिनिसा मोक्तान, रियान अधिकारी, रुपक परियार, युनिक विष्ट, सारा के.सी.
​मन्जरी सेकेन्डरी स्कुल (बुढानिलकण्ठ): अन्जल पौडेल
​न्यू एरा एकेडेमी (तारकेश्वर): सङ्गम थापा
​न्यूटन हाई स्कुल (बालुवाटार): कबिर भण्डारी
​नर्थ प्वाइन्ट एकेडेमी (तारकेश्वर): सालिना श्रेष्ठ, सिता श्रेष्ठ, मन्जुल घिमिरे
​प्रिसियस National एकेडेमी (म्हेपी-१६): मल्लिका खनाल
​सेक्रेड हार्ट सेकेन्डरी स्कुल (तारकेश्वर): सक्षम खतिवडा
​सृजना ज्ञान सागर स्कुल (तारकेश्वर): नविन आचार्य
​विभूति विद्या मन्दिर (बालाजु): रश्मी खत्री, ईश्वर बस्नेत, श्रीनुता मिश्रा, सुप्रित सापकोटा, रिकेश आचार्य
​विजडम इङ्लिस एकेडेमी (बाफल): प्रजिला खत्री
​औषत GPA का आधारमा उत्कृष्ट विद्यालयहरू (Top 3 Rank):
​विद्यार्थी संख्याका आधारमा दुई समूहमा विभाजन गरी औषत GPA का आधारमा उत्कृष्ट स्थान ल्याउने विद्यालयहरूलाई पनि अवार्ड प्रदान गरिएको थियो:
​क) ५० जनासम्म विद्यार्थी भएका विद्यालय (Students upto 50):
​प्रथम: मन्जरी सेकेन्डरी स्कुल (बुढानिलकण्ठ) – औषत GPA: ३.८
​द्वितीय: नर्थ प्वाइन्ट एकेडेमी (तारकेश्वर) – औषत GPA: ३.७९
​तृतीय: विभूति विद्या मन्दिर (वनस्थली) – औषत GPA: ३.७३
​ख) ५० जना भन्दा बढी विद्यार्थी भएका विद्यालय (Students above 50):
​प्रथम: हिम रश्मी हाई स्कुल (तारकेश्वर) – औषत GPA: ३.७५
​द्वितीय: प्रारम्भा वर्ल्ड स्कुल (तारकेश्वर) – औषत GPA: ३.NT५
​तृतीय: एन्जल्स हार्ट स्कुल (तारकेश्वर) – औषत GPA: ३.४९
विषयगत रूपमा उत्कृष्ट नतिजा दिलाउने शिक्षकहरूको सम्मान:
​विद्यार्थीहरूलाई सम्बन्धित विषयमा उत्कृष्ट अङ्क (Highest GPA) दिलाउन सफल भएका शिक्षक-शिक्षिकाहरूलाई पनि मञ्चमा सम्मान गरिएको थियो। सम्मानित हुने प्रमुख शिक्षकहरूमा सृजना ज्ञान सागर स्कुलका कल्याण काजी बस्नेत (अंग्रेजी), शिवराम घिमिरे (गणित) र उमेश अर्याल (एकाउन्ट) हुनुहुन्छ।
​यसैगरी विभूति विद्या मन्दिरकी सृजना मगर (नेपाली) र रामा देवी ढकाल (जनसंख्या) तथा मन्जरी सेकेन्डरी स्कुलका बन्दना शर्मा (सामाजिक) र साकास सुवेदी (वातावरण विज्ञान) सम्मानित हुनुभयो। नर्थ प्वाइन्ट एकेडेमीका राजेश कुमार श्रेष्ठ (विज्ञान) तथा कौशल इङ्लिस बोर्डिङका सुरेश न्यौपाने (नेपाली) र निरन्जन अधिकारी (विज्ञान) पनि सम्मानित हुनुभयो। हिम रश्मी हाई स्कुलका राम चन्द्र पोखरेल (अंग्रेजी/वातावरण), नारायण सेढाई (गणित), पूर्ण प्रसाद सुवेदी (सामाजिक), महा प्रसाद अम्गाई (ऐच्छिक गणित) र तारा महर्जन (एकाउन्ट) समेत सम्मानित हुनुभएको छ।
​२४ जनालाई ‘ओप्स दीर्घ सेवा पदक’
​तारकेश्वर नगर शिक्षा प्रमुख सुदिनराज बुढाथोकीको मन्तव्य रहेको सत्रमा ओप्समा आबद्ध रही लामो समयदेखि सेवा गरिरहेका २४ जना शिक्षक तथा प्रशासनिक कर्मचारीहरूलाई ‘ओप्स दीर्घ सेवा पदक’ र सम्मान-पत्र प्रदान गरिएको थियो।
​पदक प्राप्त गर्नेहरूमा सुशिला खनाल (अमृत सेकेन्डरी), बिना मल्ल (एन्जल्स हार्ट), सञ्जय चौधरी (चिल्ड्रेन्स इटर्नल), बबिता पौडेल ढुङ्गाना (फेयारल्याण्ड), शिशल श्रेष्ठ (ग्यालेक्सी), प्रकाश गुरुङ (ज्ञान मन्दिर), पूर्ण प्रसाद सुवेदी (हिम रश्मी), सुनिता कार्की (कौशल), मञ्जु राना (मनस्लु), मीना खनाल (मन्जरी), बिक्रम पुतुवार (न्यू एरा) र रञ्जना बञ्जारा (न्यूटन) हुनुहुन्छ।
​यसैगरी नर्थ प्वाइन्ट एकेडेमीका शिक्षक, राजमती श्रेष्ठ (प्रगति), सरिता पौडेल (प्रारम्भा), प्राचीना त्रिपाठी (प्रिसियस), बुद्धि बहादुर के.सी. (पुष्प कुञ्ज), मदन लाल मल्ल (राजन मेमोरियल), सावित्रा थापा (सेक्रेड हार्ट), गङ्गा कार्की (समखुशी), शोभाभगवती स्कुलका शिक्षक, जनार्दन अर्याल (सृजना ज्ञान सागर), सुनिता श्रेष्ठ (विभूति विद्या) र कृष्णा राना भाट (विजडम) लाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो।
कार्यक्रमको उद्घाटन पानसमा दिप प्रज्वलन र राष्ट्रिय गानका साथ गरिएको थियो। कार्यक्रम संयोजक रबिन बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो भने सृजना ज्ञान सागर विद्यालयका विद्यार्थीहरूले स्वागत गीत र न्यू एरा एकेडेमीका विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए।
​कार्यक्रमको समापन सत्रमा ओप्सका उपाध्यक्ष विष्णु चन्द्र अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने औपचारिक कार्यक्रमपछि आमन्त्रितहरूका लागि रात्री भोजको आयोजना गरिएको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्