भक्तपुर । भक्तपुरको लुम्बिनी गेष्ट हाउसबाट खसेर १८ वर्षीया किशोरीको मृत्यु भएको घटनामा प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ।
सोमबार (साउन ४) भक्तपुर नगरपालिका–१ स्थित लुम्बिनी गेष्ट हाउसबाट खसेर दोलखा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका बस्दै आएकी १८ वर्षीया सलिना श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक सलिनाको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको छ।
घटनाको अनुसन्धानका क्रममा सलिनासँगै गेष्ट हाउस गएका दुई महिला र दुई पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रहरीका अनुसार घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्