कोहलपुरमा जुवा खेलिरहेको अवस्थामा रास्वपा वडा सभापतिसहित पाँच जना पक्राउ

Sagarmatha Post
Sagarmatha Post २१ भाद्र २०८३, आईतवार
1 Min Read
Aa

बाँके । बाँकेको कोहलपुरमा जुवा खेलिरहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वडा सभापतिसहित पाँच जना पक्राउ परेका छन्।

कोहलपुर नगरपालिका–१३ स्थित खड्कवारबाट शुक्रबार राति उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–४ का कुलबहादुर ओली, कोहलपुर नगरपालिका–१२ का धनबहादुर परियार, चन्द्रबहादुर बस्याल र बेलबहादुर डाँगी तथा कोहलपुर–५ का राम गुरुङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरू जुवा खेलिरहेको अवस्थामा फेला परेका थिए। घटनास्थलबाट २ लाख २ हजार रुपैयाँ नगद समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरि पुनले जानकारी दिए।

रास्वपाका एक जिल्ला नेताका अनुसार पक्राउ परेका कुलबहादुर ओली बैजनाथ गाउँपालिका–४ को रास्वपा वडा समितिका सभापति हुन्।

प्रहरीले पक्राउ परेका पाँचै जनामाथि जुवा सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने तयारी गरेको छ। उनीहरूलाई आइतबार अदालतबाट म्याद लिएर थप अनुसन्धान गर्ने प्रहरीको तयारी छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्