रबिन थपलिया । काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंको तारकेश्वर नगरपालिका–९ मा वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सुरेन्द्र महर्जनको नेतृत्वमा सर्वसम्मत वडा कार्यसमिति चयन गरेको छ।
तारकेश्वर–९ स्थित सामुदायिक भवनमा आज सम्पन्न अधिवेशनबाट उपसभापतिमा रत्न महर्जन र श्यामकृष्ण महर्जन, सचिवमा रमेश महर्जन तथा सहसचिवमा राजकुमार महर्जन चयन भएका छन्।
त्यस्तै महिला सदस्यमा गंगा महर्जन र मंगली महर्जन तथा युवा सदस्यमा राजीव महर्जन चयन भएका छन्। खुला सदस्यमा सुन्दर महर्जन, नन्दलाल महर्जन, सानुकान्छा महर्जन, बलबहादुर जिसी, पार्वती महर्जन, यशोदा पौडेल, रामराज पन्त र मञ्जु शाही चयन भएका छन्।
अधिवेशनबाट विभिन्न समूह तथा क्लस्टरतर्फका क्षेत्रीय प्रतिनिधिहरू समेत सर्वसम्मत चयन भएका छन्। महिला तर्फ रत्न महर्जन, रावित्री महर्जन र पार्वती महर्जन तथा पेशागततर्फ रमतकाजी महर्जन चयन भएका छन्।
त्यसैगरी ३५ वर्षमुनिका जेनजी प्रतिनिधिमा महिला स्मृति महर्जन तथा पुरुषतर्फ राजीव महर्जन र सुन्दर महर्जन चयन भएका छन्। खुलातर्फ कान्छा महर्जन, इन्द्रमान महर्जन, कृष्णहरि महर्जन, सानुकाजी (कपिल) महर्जन र हिरा महर्जन क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्।
समानुपातिकतर्फ हरिभक्त खनाल, पूर्णलाल महर्जन, रोशन महर्जन, अशोक ढकाल, मुकेश महर्जन र सुरेश डंगोल चयन भएका छन्। अपांगता तर्फ कृष्ण महर्जन र दलिततर्फ पार्वती दर्जी चयन भएका छन्।
यस्तै प्रजातान्त्रिक सेनानीबाट रमेश सेढाई, द्वन्द्व प्रभाविततर्फ सानु महर्जन र श्रमिकतर्फ नन्दलाल महर्जन क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत दिपेश श्रेष्ठले जानकारी दिनुभयो।
अधिवेशनबाट निर्वाचित वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई आजै पद तथा गोपनीयताको शपथग्रहण समेत गराइएको छ।
सर्वसम्मत नेतृत्व चयन भएसँगै तारकेश्वर–९ मा कांग्रेसको वडा अधिवेशनले स्थानीय संगठनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्