तारकेश्वर–११ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, गौरव बस्नेतको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन, क्षेत्रीय प्रतिनिधिमा को को निर्वाचीत भए ?

Sagarmatha Post
Sagarmatha Post ३ आश्विन २०८३, शनिबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंको तारकेश्वर नगरपालिका–११ को वडा अधिवेशनले गौरव बस्नेतको सभापतित्वमा सर्वसम्मत वडा कार्यसमिति चयन गरेको छ।

तारकेश्वर नगरपालिका–८ स्थित टिप्टो फुटसलमा आज सम्पन्न अधिवेशनले उपसभापतिमा लिलादेवी बराईली र विनोद घले, सचिवमा जगन्नाथ घिमिरे तथा सहसचिवमा सरोज अधिकारी चयन गरेको हो। सभापतिमा निर्वाचित गौरव बस्नेत खेलाडीसमेत हुन्। खेलकुद क्षेत्रमा सक्रिय बस्नेतको नेतृत्वमा वडा संगठन अघि बढ्ने भएको छ।

अधिवेशनबाट महिला सदस्यमा यशोदा घिमिरे, युवा सदस्यमा रजतराज थापा तथा खुला सदस्यमा दिनदयालु बस्नेत, दिनबन्धु बस्नेत, रामहरि पाण्डे र सन्दीप थापा चयन भएका छन्।

त्यस्तै अधिवेशनले विभिन्न समूह तथा क्लस्टरतर्फका क्षेत्रीय प्रतिनिधिहरू पनि सर्वसम्मत चयन गरेको छ। महिला तर्फ मिरा बस्नेत, मिरा थापा र शान्तादेवी रिजाल तथा पेशागततर्फ रञ्जीता निरौला भण्डारी चयन भएका छन्।

३५ वर्षमुनिको जेनजीतर्फ महिला शोभा गुरागाईं तथा पुरुषतर्फ अच्युत तिमिल्सिना र विवेक केसी क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्। खुलातर्फ सुदीप घिमिरे, कविराज बस्नेत, दिपेश थापा, राजकुमार महर्जन र केशवराज कार्की चयन भएका छन्।

समानुपातिकतर्फ धनेश्वरप्रसाद चौधरी, सुमन थापा, इनु बेगम, इन्द्रबहादुर गुरुङ, जमुना थापा भण्डारी र रोशनी लामा चयन भएका छन्। अपांगता तर्फ हरिराज वाग्ले र दलिततर्फ विष्णुभक्त बराईली क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।

यस्तै प्रजातान्त्रिक सेनानीतर्फ रवीन्द्रबाबु रिजाल र झंकनाथ घिमिरे, द्वन्द्वप्रभाविततर्फ अरुणकुमार महर्जन तथा श्रमीतर्फका प्रतिनिधिसमेत सर्वसम्मत चयन भएको जनाइएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्