नेपाली काँग्रेस तारकेश्वर ६ को वडा अधिवेशनबाट काँग्रेसका जुझारु युवा सुजित तिमिल्सिना क्षेत्रीय प्रतिनिधिमा चयन

Sagarmatha Post
Sagarmatha Post ३ आश्विन २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तारकेश्वर नगरपालिका–६ मा सम्पन्न वडा अधिवेशनबाट युवा नेता सुजित तिमिल्सिना क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्।
२९ वर्षीय तिमिल्सिना युवा क्लस्टरबाट क्षेत्रीय प्रतिनिधि चयन भएका हुन्। उनी कक्षा ७ देखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्। पार्टीका विभिन्न सभा, समारोह तथा आमसभामा सक्रिय सहभागिता जनाउँदै आएका तिमिल्सिना पछिल्लो समय युवामाझ पनि सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा परिचित छन्।
यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट वडा कार्यसमिति सदस्यमा निर्वाचित भएका तिमिल्सिनाले वडा प्रवक्ताको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गर्दै आएका थिए।
राजनीतिसँगै तिमिल्सिना व्यवसायिक क्षेत्रमा समेत सक्रिय छन्। उनी कार्पेट निर्यात व्यवसायमा संलग्न युवा व्यवसायी हुन्। राजनीतिक तथा व्यवसायिक दुवै क्षेत्रमा सक्रिय रहँदै आएका उनले आफूले पाएका जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै आएको बताइन्छ।
युवा पुस्ताको राजनीतिक सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिँदै आएका तिमिल्सिनाको क्षेत्रीय प्रतिनिधिमा चयनलाई कांग्रेसका स्थानीय युवा कार्यकर्ताले समेत महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।

No photo description available.

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्