बाढी प्रभावित नुवाकोटमा असोज ६ गते एकै पटक ८८ वडामा कांग्रेसको वडा अधिवेशन हुने, यस्तो छ अधिवेशनको कार्यतालिका

Sagarmatha Post
Sagarmatha Post ४ आश्विन २०८३, आईतवार
1 Min Read
Aa

रबिन थपलिया । नुवाकोट — बाढीबाट प्रभावित नुवाकोटमा नेपाली कांग्रेसले वडा अधिवेशनको नयाँ मिति तय गरेको छ। जिल्लाका ८८ वटै वडामा असोज ६ गते वडा अधिवेशन गर्ने निर्णय गरिएको हो।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति र मातहतका कार्यसमितिहरूसँगको छलफलपछि अधिवेशनको मिति तय गरिएको जिल्ला कार्यसमितिले जनाएको छ। यसअघि बाढी प्रभावित जिल्लामा स्थानीय तहका कार्यसमितिसँग छलफल गरी अधिवेशनको मिति निर्धारण गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले निर्देशन दिएको थियो।

निर्धारित कार्यतालिकाअनुसार नुवाकोटमा असोज ९ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन हुनेछ। त्यस्तै, प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १३ गते गर्ने तयारी गरिएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले बाढी प्रभावित नुवाकोटसँगै रसुवा र धादिङमा पनि स्थानीय कार्यसमितिसँगको छलफलपछि अधिवेशनको मिति तय गर्न भनेको थियो।

बाढी प्रभावितबाहेक अन्य जिल्लामा भने कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशनको मिति तोकेको छ। नुवाकोटमा बाढीका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै स्थानीय तहका कार्यसमितिसँगको समन्वयमा अधिवेशनको नयाँ कार्यतालिका बनाइएको हो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्