तारकेश्वर खेलकुद विकास समितिका अध्यक्ष बिक्रम खड्गी नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन

Sagarmatha Post
Sagarmatha Post ४ आश्विन २०८३, आईतवार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तारकेश्वर नगरपालिका–२ मा सम्पन्न वडा अधिवेशनबाट तारकेश्वर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष बिक्रम खड्गी क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको छ।

वडा अधिवेशनबाट खड्गी जनजाति पुरुष समूहबाट क्षेत्रीय प्रतिनिधि चयन हुनुभएको हो। उहाँ खेलकुद क्षेत्रमा समेत सक्रिय रहँदै आउनुभएको छ।

अधिवेशनले रमेश फुयाँलको नेतृत्वमा वडा कार्यसमिति पनि सर्वसम्मत चयन गरेको छ। वडा अधिवेशनमा सहभागी कांग्रेस प्रतिनिधिहरूबीच सहमतिका आधारमा नयाँ कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको हो।

खड्गी तारकेश्वर नगरपालिकाको खेलकुद विकास समितिको अध्यक्षका रूपमा नगर क्षेत्रको खेलकुद गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ। उहाँको क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयनसँगै तारकेश्वर कांग्रेसको संगठनात्मक गतिविधिमा खेलकुद क्षेत्रबाट समेत प्रतिनिधित्व थपिएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तारकेश्वर नगरपालिकाका विभिन्न वडामा वडा अधिवेशनमार्फत नयाँ नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन गर्ने क्रम जारी छ। काठमाडौंको तारकेश्वर क्षेत्र कांग्रेसको संगठनात्मक संरचनामा पर्ने क्षेत्रमध्ये एक हो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्