रबिन थपलिया । काठमाण्डौं । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तारकेश्वर नगरपालिकाका ११ वडामध्ये वडा नं. १० मा आज वडा अधिवेशन हुँदैछ ।
तारकेश्वरका अन्य १० वटा वडामा वडा अधिवेशन सम्पन्न भइसके पनि वडा नं. १० मा भने आज मात्र अधिवेशन हुन लागेको हो । तारकेश्वर–१० स्थित त्रिवेणी ब्याङ्क्वेटमा बिहान ११ बजेबाट वडा अधिवेशन सुरु हुने वडा सभापति एवं वडा अध्यक्ष कुमार राईले जानकारी दिनुभयो ।
राईका अनुसार वडा अधिवेशनबाट वडा कार्यसमिति सर्वसम्मत चयन गर्ने तयारी गरिएको छ । तारकेश्वर नगरपालिकाका अन्य १० वटै वडामा सभापतिसहित वडा कार्यसमिति सर्वसम्मत चयन भइसकेका छन् ।
तारकेश्वर–१० को वडा सभापतिका लागि भने पूर्व वडा उपसभापति मनोज राई,हालका वडा सचिव अच्युत ओझा,बलराम राई, सहित केहि आकंक्षी देखिएका छन् । वडा अधिवेशनबाट सभापतिसहित नयाँ वडा कार्यसमिति चयनसँगै तारकेश्वर नगरपालिकाका सबै ११ वडाको अधिवेशन प्रक्रिया पूरा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्