नेपाली कांग्रेस काठमाण्डौं क्षेत्र नं-६ को सभापतिमा ख्यामराज तिवारीको उम्मेदवारी घोषणा

Sagarmatha Post
Sagarmatha Post १० आश्विन २०८३, शनिबार
1 Min Read
Aa

रबिन थपलिया ।काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ को क्षेत्रीय सभापतिमा ख्यामराज तिवारीले उम्मेदवारी घोषणा गरेका छन्।

काठमाडौं महानगरपालिका–२६ का सभापतिसमेत रहेका तिवारी हाल नेपाली कांग्रेस क्षेत्र नं. ६ ‘क’ का प्रदेश सभापतिको जिम्मेवारीमा छन्। संगठन निर्माण, पार्टीका गतिविधि तथा स्थानीय तहमा सक्रिय रहँदै आएका तिवारीले क्षेत्रीय नेतृत्वमा आफ्नो उम्मेदवारी अघि सारेका हुन्।

तिवारीले पार्टीलाई थप सुदृढ, गतिशील र सबैलाई समेट्ने नेतृत्व आवश्यक रहेको बताउँदै आफूले युवा नेतृत्व र साझा भावनालाई प्राथमिकता दिने बताएका छन्। क्षेत्रभित्र रहेका विभिन्न तहका नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यबीच समन्वय गर्दै संगठनलाई थप प्रभावकारी बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।

क्षेत्रीय सभापतिको उम्मेदवारी घोषणा गर्दै तिवारीले पार्टीभित्र पुस्तान्तरणसँगै अनुभव र ऊर्जाबीचको समन्वय आवश्यक रहेको धारणा राखेका छन्। आफूले क्षेत्रका सबै पक्षलाई समेटेर साझा नेतृत्व प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

काठमाडौं क्षेत्र नं. ६ को अधिवेशन भोली टुसालस्थित भल्टीभेन्युमा आयोजना हुँदैछ। अधिवेशनसँगै क्षेत्रीय सभापतिसहित विभिन्न पदमा नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ।

तिवारीको उम्मेदवारी घोषणासँगै क्षेत्र नं. ६ को नेतृत्व चयनलाई लिएर कांग्रेसभित्र राजनीतिक सरगर्मी थप बढेको छ। आगामी अधिवेशनले क्षेत्रीय संगठनको नेतृत्वका लागि नयाँ समीकरण र नेतृत्वको दिशा तय गर्ने अपेक्षा गरिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्