काठमाण्डौं ६ मा नेपाली काँग्रेसको क्षेत्रीय सभापतिका उम्मेद्धवार तिवारीको टिमबाट रामहरि कार्की महाधिवेशन प्रतिनिधिको उम्मेदवार

Sagarmatha Post
Sagarmatha Post १० आश्विन २०८३, शनिबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनमा रामहरि कार्कीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने भएका छन् ।

भोलि तारकेश्वर नगरपालिका–८ स्थित टुसाल मल्टीभेन्युमा हुने क्षेत्रीय अधिवेशनमा क्षेत्रीय सभापतिका उम्मेदवार ख्यामराज तिवारीको टिमबाट कार्कीलाई महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनाउने निर्णय भएको हो ।

तारकेश्वर नगरपालिका–२ का स्थायी बासिन्दा कार्की नेपाली काँग्रेसको संगठन निर्माण र स्थानीय राजनीतिक गतिविधिमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् । उनी तारकेश्वर–२ का पूर्व वडा सभापति समेत हुन् ।

राजनीतिसँगै व्यवसायिक क्षेत्रमा समेत सक्रिय कार्कीले पार्टीको स्थानीय संगठनसँग नजिक रहेर काम गर्दै आएका छन् । वडा तहमा पार्टी संगठनको नेतृत्व गरिसकेका कार्कीलाई क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनाउने निर्णयसँगै तिवारीको टिमले आफ्नो समूहमा थप प्रतिनिधित्व विस्तार गरेको देखिएको छ ।

काठमाण्डौं क्षेत्र नं. ६ को अधिवेशनले क्षेत्रीय नेतृत्वसँगै महाधिवेशन प्रतिनिधिसमेत चयन गर्नेछ । अधिवेशनमा विभिन्न पदमा उम्मेदवारी घोषणा तथा समूहगत रूपमा उम्मेदवार अघि सार्ने क्रम चलिरहेको छ ।

क्षेत्रीय सभापतिका उम्मेदवार तिवारीले युवा नेतृत्व, संगठन सुदृढीकरण र सबै पक्षलाई समेटेर अघि बढ्ने विषयलाई आफ्नो अभियानको प्राथमिकताका रूपमा अघि सारेका छन् । कार्कीको उम्मेदवारी पनि सोही समूहको प्रतिनिधित्वका रूपमा हेरिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्