फेसियल हाउसबाट सिप सिकेकी रञ्जिताले बनेपामा खोलीन मेकअप स्टुडीयो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

बनेपा । बनेपा नगरपालिकाको गोदाम चोकमा ब्युटी क्वीन मेकअप स्टुडियो सञ्चालनमा आएको छ ।
वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले बुधबार एक कार्यक्रमका बिच मेकअप स्टुडियोको उद्घाटन गरेकी हुन् ।

फेसियल हाउसकै पूर्व विद्यार्थी रञ्जिता केसीले उक्त मेकअप स्टुडियो सञ्चालनमा ल्याएकी हुन् । उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालिका केसीले फेसियल हाउसमा सिकेको सिपले आज आफै मेकअप स्टुडियो चलाउन सक्ने भएको भन्दै फेसियल हाउसप्रति आभार प्रकट गरिन । यसका साथै उनले यदि कसैमा ब्युटीसियन सिक्न चाहाना भए फेसियल हाउसमा जान पनि आग्रह गरिन ।
यसका साथै उनले फेसियल हाउसमा सिकेको सिपले बिदेशमा जान चाहनेका लगिपनि उपयुक्त हुने बताइन् ।

No description available.

बनेपा बासीले सौन्दर्यताका लागि काठमाडौं धाइराख्नु पर्ने बाध्यताको अन्त गर्नको लागि मेकअप स्टुडियो खोलेको उनको भनाई छ ।

उद्घाटन कार्यक्रममा बोल्दै फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले आफ्ना विद्यार्थीले गरेको प्रगति देखेर मनै देखि खुशी महशुस भएको बताइन् । उनले भनिन् ‘ आफुले सिकाको बच्चाहरुले यसरी काम गरेको देख्दा सारै खुशी लाग्छ ।’
साथै उनले सञ्चालिका केसीलाई शुभकामना ब्यक्त समेत गरिन । प्रबन्ध निर्देशक महराले काठमाडौं देखि बनेपासम्म आशिर्बाद दिनका लागि पुगेको जनाएकी छिन् ।

No description available.

कार्यक्रममा मोडल तथा उद्घोषक अमृता खनालकाे पनि उपस्थिती रहेको थियो । विगत लामो समयदेखि सौन्द्रर्य पेशामा रहेकी महरा नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौंको कोषाध्यक्ष समेत हुन् । उनैले सञ्चालन गरेकाे फेसियल हाउस काठमाडौँको सुन्धारामा अवस्थित छ । फेसियल हाउस देशकै उत्कृष्ट सैलुनहरू मध्ये नं १ ब्युटी सैलुनको रुपमा परिचित छ । चाबहिल, बागबजार, सीटीसी मल, पोखरा र सुर्खेतमा फेसियल हाउसको शाखा रहेको छन् । फेसियल हाउसले छाला, कपाल सम्बन्धीका समस्यालाई ध्यानमा राखी चीन, मलेसिया, कोरिया र थाइल्याण्डका कम्पनीसँगको साझेदारीमा थोक तथा खुद्रा कस्मेटिक्स सेवाका साथै ब्युटी एण्ड हेयर सम्बन्धी अध्यापन पनि गराउँदै आएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्

Array