रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालीकाको फोहरमैला, ढल व्यवस्थापन र कृषि क्षेत्रमा जापानी प्रविधिको प्रयोगको सम्भाव्यता सम्बन्धमा छलफल गरिएको छ ।
जापान भ्रमणमा रहनु भएका तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जनले बिभिन्न सरोकारवाला निकायहरुसंगको भेटघाटमा प्रविधिको प्रयोगका बिषयमा छलफल गर्नुभएको हो ।
फोहरमैलाको व्यवस्थापनका लागि काठमाण्डौं महानगरपालीकाको भरपर्नुपर्ने उपत्यकाका स्थानीय निकायहरुको बाध्यताका बिच तारकेश्वर नगरपालीकाले प्रविधिको प्रयोग गरेर फोहरमैलाको उचित व्यवस्थापन गर्न तर्फ पहल गरिरहेको छ । त्यसै अनुरुप फोहरमैलाको क्षेत्रमा प्रविधिको अधिकतम प्रयोग गरेर व्यवस्थापन गरेको जापानको भ्रमण गरेर त्यहाँको प्रविधिलाई तारकेश्वर नगरपालीकामा भित्र्याउनको लागि मेयर महर्जन अहिले जापान भ्रमणमा रहनु भएको छ । जापान भ्रमण घुम्नको लागि मात्र नभई केहि सिकेर नगरपालीकामा प्रयोग गर्ने लक्ष्य सहित मेयर महर्जन फोहरमैला व्यवस्थापन गर्ने विभिन्न संघ संस्था, फोहर व्यवस्थापनका लागि आवश्यक पर्ने औजार र उपकरण उत्पादन गर्ने कम्पनी र सरोकारवाला निकायहरुसंग भेटघाट र छलफलमा हुनुहुन्छ ।
यसै बिच जापान भ्रमणमा रहनु भएका मेयर महर्जन र जापानका लागि नेपाली राजदुत बिच आज टोकियोमा भेटघाट भएको छ । भ्रमणमा रहनु भएका मेयर महर्जन सहितको भ्रमण टोलीलाई जापान स्थीत नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीले राजदुतावासमा निमन्त्रणा गरी स्वागत गर्नुभएको छ । भेटघाटको क्रममा मेयर महर्जनले नगरपालीकाको फोहर, ढल व्यवस्थापन र कृषि लगायतको क्षेत्रमा जापानी प्रविधिको प्रयोगको सम्भाव्यताको बारेमा छलफल गर्नुभएको छ ।
यता, जापान भ्रमणको क्रममा मेयर महर्जनले एनआरएन जापानका अध्यक्ष शिब प्रसाद पौडेल, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले संग भेटघाट गर्नुभएको छ । भाद्र ७ गते देखी जापान भ्रमणमा रहनुभएका मेयर महर्जन भोली भाद्र १५ गते नेपाल र्फकने कार्यक्रम रहेको छ । जापान भ्रमणका क्रममा मेयर महर्जन सहित तारकेश्वर नगरपालीकाबाट नासु राजुप्रसाद तिमिल्सीना, तथा नार्गाजुन नगरपालिकाबाट मेयर मोहन बस्नेत, उपमेयर शुसीला अधिकारी, प्रशासन प्रमुख नारायण तिमिल्सिना, प्रदेश सासद प्रकाश श्रेष्ठ लगायतको सहभागीता रहेको छ ।
तारकेश्वर नगरपालीका र नगरवासीको हितका लागि गरिएको जापान भ्रमणमा हुने खर्चसवै आफैले व्यहोर्ने मेयर महर्जनले बताउनुभएको छ । जनप्रतिनिधिहरुले अध्ययन भ्रमणका लागि भन्दै बिदेश जाने र सरकारी ढुकुटी रित्याउने परिपाठी बढीरहेको बेलामा मेयर महर्जनले भ्रमणको नाममा कुनै सरकारी सुविधा नलिने बताउनु भएको छ । मेयर महर्जनले यस अघि आफनो ५ बर्षे कार्यकालमा तारकेश्वर नगरपालीकाबाट आफुले कुनै पनि तलब र सुविधा समेत नलिने घोषणा गरिसक्नु भएको छ । तारकेश्वर नगरपालीकाका जनप्रतिनिधिहरुले यस अघि बिदेश भ्रमणका क्रममा नगरपालीकाबाट लाखौं रुपयाँ लिने गरेका थिए ।
fg
प्रतिक्रिया दिनुहोस्