संघिय सरकारको २० करोडको लगानीमा निर्माण हुने तारकेश्वरको महादेब खोला करिडोरको स्थलगत निरिक्षण, काम यही बर्ष सुरु हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ मंसिर २०७९, बिहीबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्ण हरि महर्जनले नेतृत्व गरेको ७ महिना पुग्न नपाँउदै तारकेश्वले विकासमा गति लिन थालेको छ । नगरप्रमुख महर्जनको सक्रियता र समन्वयमा केन्द्र र प्रदेश सरकारबाट समेत बिभिन्न शिर्षकहरुमा करोडौंका योजनाहरु आइरहेका छन् । नगरप्रमुख महर्जनको कार्यकालको पहिलो बर्षनै केन्द्र र प्रदेश सरकार तथा ति मातहतका सरकारी निकायहरुबाट बाटो, खानेपानी लगायतका बिभिन्न शिर्षकमा १ अर्ब बढी बजेट नगरपालिकामा भित्रिएका छन् । नगरपालिकालाई बजेट निर्माणका लागि आउने अनुदान बाहेकनै ति निकायबाट अतिरिक्त कार्यक्रमका लागि रकम आएका हुन् । नगरप्रमुख महर्जनको सचिवालयका अनुसार केन्द्र र प्रदेशमा नयाँ सरकार निर्माण लगतै नगरप्रमुखको पहलमा तारकेश्वरमा ठुला केहि योजनाहरु माग गर्ने तयारी समेत गरिएको छ । चालु आर्थिक बर्षका लागि नगरपालिकाले २ अर्ब ६ करोडको बजेट बिनियोजन गरेपनि केन्द्र र प्रदेश सरकारबाट त्यस बाहेक कार्यक्रमका लागि एक अर्व बढी थप बजेट नगरपालिकामा भित्रिएका छन् ।

No description available.

No description available.
यसै बिच तारकेश्वर नगरपालिका वडा नं ४÷६ र ११ पर्ने महादेवखोला करिडोर निर्माण सुधार गर्ने कार्य को लागि सहरी विकास मन्त्रालय मार्फत रु २०,००,००,००० (बीस करोड) बजेट बहुबर्षिय गुरुयोजना स्वीकृत गरि बजेट बिनियोजन भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट सञ्चालन हुने सो आयोजना (गुम्बा दोभान देखि जरंखु पुल सम्म) सुरुवातको लागि स्थलगत निरिक्षेण समेत गरिएको छ । केन्द्रीय सरकारको लगानीमा सञ्चालन हुने उक्त आयोजनाको हिजो तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल,नायब विकास आयुक्त नारायण भण्डारी, जिल्ला आयुक्त जगदीश लामिछाने, ई सौरव ढकाल,तारर्केश्वोर नगरपालिका वार्ड ६ का वार्ड अध्यक्ष घनश्याम श्रेष्ठ, नगरपालिकाका नासु राजु तिमिल्सीना, हिरा महर्जन, लगायतको सहभागीता रहेको थियो । मन्त्रालयसंग समन्वय गरेर उक्त योजनाका लागि तारकेश्वर निवासी सुजन श्रेष्ठले समन्वय गर्नुभएको थियो ।

No description available.
दुई दिन अघि मात्र संघिय सरकारसंगको साझेदारीमा तारकेश्वर नगरपालिकामा ४४ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुनेगरि सम्झौता भएको छ । तारकेश्वर नगरपालिका वडा नं ४ र ५ का २९ हजार जनसंख्यालाई स्वच्छ पानी खुवाउने उदेश्य सहित टेण्डर प्रकृयामा रहेको उक्त आयोजनामा केन्द्रीय सरकारको ७० प्रतिशत लगानी रहने छ भने तारकेश्वर नगरपालिकाको १० प्रतिशत, उपभोक्ता समितिको १० प्रतिशत र जनश्रमदान १० प्रतिशत रहने छ । आयोजनाका लागि तारकेश्वर नगरपालिकाले ४ करोड ३९ लाख ४२३ रकम गोलढुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई उपलब्ध गराउने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

तारकेश्वरको विकासले गति लिंदै
नगरपालिकाको भौतिक पुर्वाधार शाखाका अनुसार चालु आर्थिक बर्षको मंसिर १५ सम्म साँडे ४ महिनामा ५ किलोमिटर भन्दा बढी सडक निर्माण सम्पन्न भएको छ भने बिभिन्न वडामा दुई किलोमिटर सडक ढलान पुरा भएका छन् । त्यस्तै ९ वटा ठुला योजनाहरुको टेण्डर भएकोमा ६ वटा योजना सम्झौता भएर केहिले काम समेत थालिसकेका छन् । यस अघि योजनाका फाइलहरु रोकिंदा बिकासका काममा ढिलाई हुंदै आइरहेको थियो । प्रकृया पु¥याएर आएका फाइललाई नरोक्न नगरप्रमुखको नितिसंगै विकासका काममा प्रगति देखिएको छ ।
नगरपालिकाका बिभिन्न टेण्डर प्रकृयामा सहभागी हुने र बषौं सम्म काम नगरि अवधी मात्र थप्ने ठेकेदार कम्पनीका कारण नगरपालिकाका धेरै विकासमा काममा बाधा पुग्दै आइरहेका थिए । नगरप्रमुख कृष्ण हरि महर्जनले लामो समय देखि पुरा गर्न नसकेका योजनाहरुलाई पुस मसान्त सम्म पुरागर्न निर्देशन दिनुभएसंगै ति योजनाहरुको कामहरु पनि दु्रत गतिमा भइरहेका छन् ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्

Array