विपत्पछि आश्रयस्थल बनेको श्रीलङ्का टापु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ श्रावण २०७९, मंगलवार
4 Min Read
Aa

विराटनगर,  सप्तकोसी नदीले धार परिवर्तन गरेपछि बनेको श्रीलङ्का टापु अहिले गरिब एवं विपत्र परिवारका लागि आश्रयस्थल बनेको छ । विसं २०४५ अघि सप्तकोसी अहिले भनिएको श्रीलङ्का टापु क्षेत्रबाट बग्ने गरेको थियो । सिरानतर्फ बेलका नगरपालिकाको डुम्रीबोटे लाहुरीखोँच हुँदै दक्षिणतर्फ बग्ने सप्तकोसी अहिले आएर फेरि पुरानै धार डुम्रीबोटे कटान गरी पुरानै धारतर्फ केही पानी बग्न थालेको छ । बाह्र वर्षमा खोला फर्किन्छ भत्रे उदाहरणलाई सप्तकोसी नदीले ३४ वर्षपछि प्रमाणित गरेको बेलका नगरपालिका–२ भागलपुर निवासी खड्गबहादुर श्रेष्ठले बताउनुभयो ।

कोसी नदीको पानीले अहिले बेलका नगरपालिका–१, २, ३, ८ र ९ लाई असर पारेको छ । कोसीको पानीबाट प्रभावित मानिसलाई सुरक्षित स्थानमा लगी उहाँहरुको बास, खानपिन र स्वास्थ्यको प्रबन्ध मिलाएको बताइएको छ ।

बेलका क्षेत्रमा भैँसीपालन, कुखुरापालन, गाई फार्म सञ्चालन गर्ने मानिसहरुले आफ्ना फार्म छाडेर हिँड्न नमानेको अवस्थालाई ध्यान दिएर त्यस क्षेत्रमा प्रहरी प्रशासनको निगरानी एवं परिचालन बढाइएको छ । वर्षातमा तीन लाख ५० हजार क्युसेक पानी बहने सप्तकोसीमा अहिले पानी कति छ त्यो जानकारी नभए पनि नदीले उदयपुरको बेलका क्षेत्र र सुनसरीको बराह क्षेत्र नगरपालिकामा असर पारेको बताइएको छ ।

यदि सप्तकोसी नदी बेलकालाई चिरेर बाहिर निस्कने हो भने यो पानी उदयपुरको तिलजुगा नदी, पुरन्दह र सप्तरीको कञ्चनपुर र फत्तेपुरसम्म असर गर्ने प्रारम्भिक अनुमानअनुसार त्यस क्षेत्रमा अहिले पनि नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी परिचालन गरिएको प्रदेश नं १ प्रदेश प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ । अहिले पनि बेलका नगरपालिकाको भाटेपुलस्थित सिर्जना टोल डुबानमा परेको देखिन्छ ।

पुरानो धार परिवर्तन हुँदा बगरपछि खेतीयोग्य बनेको सो क्षेत्रमा मानिसले बिस्तारै खेतीपाती र बसोबास गर्न थालेका थिए । अन्य क्षेत्रका मानिस कोसीको बाढी देखेर पीर माने पनि श्रीलङ्का क्षेत्रमा बसोबास गर्ने मानिस आनन्दले आफ्ना खेतीपाती र घरव्यवहार गरिरहेका छन् ।

स्थानीयवासीका अनुसार कोसी पुरानै धार फर्के पनि श्रीलङ्का टापुमा पानी पस्दैन भत्रेमा ढुक्क छन् । उहाँहरुकाअनुसार यो ठाउँ निकै अग्लो भएकाले त्यति सजिलै पानी पस्ने अवस्था छैन । त्यसैले खेतीपातीमा नै बढी व्यस्त हुने गरेको उहाँहरुको भनाइ छ ।

बराह क्षेत्र नगरपालिकामा पर्ने श्रीलङ्का टापु क्षेत्रमा लगभग एक हजार दुईसय मतदाता छन् । निर्वाचनमा कोसीमा डुङ्गा चढेर पारि मतदानका लागि यहाँका मानिस पुग्छन् । अहिले सो टापुमा प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट क्षेत्र सञ्चालनमा आएको छ ।

बेसारका लागि २० बिघा जग्गामा परियोजनाले केही लगानी गरेको बराहक्षेत्र नगरपालिका कृषि विकास शाखाका प्रमुख निरबहादुर राईले जानकारी दिनुभयो । उहाँले बगरलाई खेतीयोग्य जमिन बनाएर सबै किसिमको बाली उत्पादन गर्नाका साथै दाल, तेलहन र मौसम अनुसारको तरकारी बाली उत्पादन गरी राज्यलाई विभित्र उत्पादनमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको बताउनुभयो ।

शाखाप्रमुख राईले बाहिरबाट हेर्दा निकै विकट र झन्झटिलो मानिने यो स्थानको बेग्लै महत्व रहेको, प्राकृतिक हावापानी, चराचुरुङ्गीको चिरबिर आवाज, विभित्र बालीहरु खेतमा लहलहाएको देख्दा आनन्द लाग्छ भत्रुभयो ।

यस्तै, रामउदगार महतोले सुरुमा यहाँ खेती गर्न समस्या भए पनि अहिले सहज भएको छ भन्नुभयो । स्थानीय पालिकाले बिजुली, स्वास्थ्य केन्द्र र विद्यालय स्थापना गरेको छ । त्यसैले हामीलाई यहाँ बस्न रमाइलो लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । श्रीलङ्का टापु क्षेत्रमा पर्ने रामपुर र नारायणपुर बस्तीमा जान सरकारले चार वर्षअघि ८५ मिटर लम्बाइको झोलुङ्गेपुल निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्