राष्ट्रपतिले सर्वसाधरणलाई टीका लगाउने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ आश्विन २०७९, सोमबार
1 Min Read
Aa
sf7df8f}F, @( c;f]h . /fi6«klt ljBfb]jL e08f/L z'qmaf/ /fi6«klt sfof{nodf cfof]lht sfo{qmddf xg'dfg9f]sf b/af/sf d"n k"hf/L b]j/fh cof{nsf] xftaf6 z'qmaf/ ;fO{tdf bz}+sf] 6Lsf tyf km"n k|;fb u|x0f ug'{x''Fb} . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौँ,  राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसँैं २०७९ को अवसरमा यस वर्ष विशिष्ट व्यक्तिका साथै सर्वसाधरणलाई विजया दशमीमा टीका प्रसाद प्रदान गनुहुने भएको छ ।

राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यही असोज १९ गते बुधबार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका तथा प्रसाद प्रदान गर्ने कार्यक्रम छ । टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array