नगरप्रमुख महर्जन सहितको समन्वयमा ३३ बर्ष देखि रोकिएको नवदुर्गा देवगण (ङालाकेगु) नाँच तारकेश्वर र टोखामा सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ पुष २०७९, शनिबार
5 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । ३३ बर्ष देखि रोकिएको एतिहाँसीक र पौराणीक महत्व बोकेको नवदुर्गा देवगण (ङालाकेगु) नाँच तारकेश्वर र टोखामा सुरु भएको छ ।
तान्त्रिक विधिबाट शरीरमा देवशक्ति प्रतिष्ठापन भएको अनुभूति गरी नाचिने भक्तपुरको ऐतिहासिक एवं साँस्कृतिक महत्त्वको नवदुर्गा देवगण (ङालाकेगु) को नाच यि क्षेत्रहरुमा २०४८ साल देखि रोकिएको थियो । टोखामा निरन्तर रूपमा २०४६ सालसम्म चलिरहेको जात्रामा मुँ वाहाँ लिकेगु जात्रा गर्दा केही उश्रृखल युवाहरुको समुहबाट देवगण प्रति हेला होचा साथै देवगणको रूपमा नसोचि अनैतिक कृयाकलापबाट विवाद भएकोले २०४७ साल देखि जात्रा रोकिएको थियो ।
जात्रा सुचारु गर्न पटक पटक प्रयास गरिएपनि यो सम्भब भने भएको थिएन् । जात्रामा देवगणहरुको सुरक्षा, अक्षयकोष राख्ने र जात्रा व्यवस्थीत गर्ने सर्त सहित भक्तपुरबाट देवगण आएको टोखाका मुल नाइके हेमराज श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले पनि पटक पटक जात्राको लागि पहल गर्नुभएको थियो ।

No description available.
मेयर महर्जनले पौराणीक र एतिहाँसीक महत्व बोकेका जात्रा र पर्वहरुको संरक्षण गर्न लागि परेको र त्यसका निम्ती सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको नाइको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो “मेयरले निकै राम्रो कुरा गर्नुभएको छ उहाँले राम्रो काम पनी गर्नुभएको हामी निकै खुसी भएका छौं”
भक्तपुरबाट १२ वटा जीवीत नवदुर्गा नवगणको मुकुट सहित खर्पनमा बोकेर पैदल यात्रा गदै जात्राको टोली टोखा हिजो आइपुगेको छ । लिच्छवीकाल देखिनै चल्दै आएको यो जात्रा भक्तपुर देखि साङला मनमैजु, फुटुङ, एरियामा नवदुर्गाले प्रत्यक बर्षमा एक एक जना मानिस आहुती लिने किम्बदन्ती रहेको छ । राक्षस, भुत, प्रेत, गन्दर्भ, किन्दर्भ, नाग, डंकीनिलाई निमीट्यान्न पार्नका लागि सबै नवदेवगणहरु मिलेर टोखाको भुतखेलमा लगेर सबै भुतहरुलाई परास्त गरेको हुनाले त्यहाँको नामनै भुतखेल राखिएको भनाई छ ।
माघे संक्रान्तिको भोलिपल्ट भक्तपुर सूर्यमढीमा पहिलो प्रदर्शनसँगै सुरु हुने यो जात्रा झण्डै साढे दुई महिना भक्तपुर नगरका २१ स्थानमा देखाइन्छ । त्यसपछि भक्तपुरबाहिर काभ्रेका बनेपा, पनौती, साँखु, साँगा, श्रीखण्डपुर, काठमाडौंको टोखा र भक्तपुरकै नालालगायत स्थानमा प्रदर्शन गरिन्छ । टोखामा यःमरी पुन्हि लगतै यो नाच प्रदर्शन गरिने प्रचलन गरेको छ ।

No description available.

यस्तो छ जात्राको कार्यक्रम तालिका
जात्राको तालिका अनुसार देवगणहरु पहिलो दिन पौष ८ गते भक्तपुर नगरपालिकाबाट विहान १०ः३० बजे प्रस्थान गर्ने र ४ बजे टोखा नगरमा पुगेर जात्रा सुभारम्भ गर्ने छन् ।
दोस्रो दिन पौष ९ गते बिहान ८ बजे चार जना देवगण साङगला प्रस्थान गरी दिउँसो १ बजे साङगलामा जात्रा सम्पन्न साथै पूनः ३ बजे टोखाको थनेलाछिमा देवगण जात्रा सुरु हुने र गछि नाचः व प्याखं, मु वाहाँ जात्रा आदि रात्री नाच सम्पन्न गर्ने छन् ।
साङला सुरु भएको जात्रामा आज बिहान नगरप्रमुख कृष्ण हरि महर्जन पुगेर भक्तपुरबाट आएको देवगणहरुलाई स्वागत गर्नुभयो । सो क्रममा नगरप्रमुख महर्जन सहित वडा नं १ का वडा अध्यक्ष बिदुर सापकोटा लगायतका जनप्रतिनिधिहरु समेतका उपस्थीति रहेको थियो । सो क्रममा नगरप्रमुख महर्जनले एतिहाँसीक जात्रा र सम्पदाहरुको संरक्षण गर्न आफु लागि परेको बताँउदै यस्ता जात्रालाई निरन्तरता दिन नगरपालिका र व्यक्तिगत रुपमा आफु सहयोग गर्न तयार रहेको बताउनुभएको थियो ।
तेस्रो दिन पौष १० गते विहान १० बजे वाराही नाच, १२ बजे सिम्हा दुम्हा डालाकेगु जात्रा, २ बजे महाकाली नाच, ४ बजे श्वेत भैरव ङालाकेगु जात्रा सुभारम्भ, ६ बजे जात्रा सम्पन्न गरी चपलीग्राम प्रस्थान गर्ने छन् ।
नगदुर्गा देवगणमा बाजागाजासहित १९ जनाको समूह हुन्छ । यसमा १३ विभिन्न देवी देवता हुन्छन् । नवदुर्गा देवगणमा पित्तलको सानो मन्दिर हुन्छ जसलाई नेपाल भाषामा सिफोद्यः(महालक्ष्मीको प्रतीक) भनिन्छ। यो नाचमा देवगणले भैरव (कालभैरव), महाकाली, बाराही, ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव एक–एक र, सिंह दुम्ह (नन्दी–भृंगी) दुईसहित १३ वटा मुकुण्डो प्रयोग गरी नाच प्रदर्शन गरिन्छ। यस्तै मौलिक खिं, ताः र कायँः बाजा बजाउने, महापात्र र नकीं (घरमूली)का साथै अन्य सहयोगी समेत थप हुन सक्छन्।
यो नाचमा प्रारम्भिक नाच, धान रोपाइँ नाच, बाराही नाच, माछा मार्ने जात्रा, महाकाली नाच, श्वेत भैरवको गा त्वःकेगु (खास्टो लुट्ने) नाच, खास्टो फिर्ता लिने नाच, माछा मार्ने शिक्षा दिने नाच, श्वेतभैरवको पेट दुख्ने नाच(प्वाः स्याकिगु), समापन नाच प्रदर्शन गरिन्छ। यी नाचहरू प्रदर्शन गर्दा गीतको बोल र बाजाको तालसँगै पारिवारिक रहनसहन, अभिभावकको भूमिका, चेलिबेटीको दुःख, कृषि कर्म, वैवाहिक कर्म, पति–पत्नीले पालना गर्नुपर्ने सदाचार, नारी शक्ति, महिलाहरूको श्रृङ्गार, बालबालिकाको व्यवहार, माया प्रेम र हर्ष उल्लासका भाव प्रस्तुत गरिन्छ।

विवादले परम्परा बिथोलिएपछि भक्तपुरको नवदुर्गा देवगण जात्रा अन्योलमा ::  काठमाडौं प्रेस :: Kathmandu Press :: काठमाडौं प्रेस

No description available.

vv

प्रतिक्रिया दिनुहोस्

Array