काठमाण्डौं उपत्यकामा स्वास्थ्य बीमा सुरु गराउने स्थानीय निकायमा तारकेश्वर नगरपालिका तेश्रोे, माघबाट सुरु गर्ने तयारी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ पुष २०७९, शुक्रबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । “तपाइको स्वास्थ्य हाम्रो अठोट ” भन्ने नाराका साथ तारकेश्वर नगरपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि र उपचार खर्चको सरल ब्यवस्थापनका लागि नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड टेकु संगको सहकार्यमा स्वास्थ्य बिमा कार्येक्रम लागु गर्ने तयारी भएको छ ।
नेपाल सरकारले प्रत्यक नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने नीति अनुरुप सुरु गरिएको यो अभियान उपत्यका बाहिरको जिल्लाहरुमा सुरु भइसकेपनि काठमाण्डौं उपत्यकामा भने यस अघि दुईवटा स्थानीय निकायमा मात्र लागु गरिएको छ । यस अघि काठमाण्डौंको कागेश्वरी मनहरा र टोखा नगरपालिकामा मात्र स्वास्थ्य बीमाको कार्यक्रम लागु गरिएको छ । वीमा लागु गर्ने अन्तीम तयारीमा रहेको तारकेश्वर नगरपालिका स्वास्थ्य वीमा लागु गर्ने उपत्यकाकै तेश्रो स्थानीय निकाय बन्नेछ ।
बीमा कार्यक्रम सुरु गर्नका लागि तारकेश्वर नगरपालिकाका ११ वटै वडा कार्यालयहरुले वीमा प्रतिनिधिहरु छनौट गरी नगरपालिकामा सिफारीस गरिसकेका छन् । सिफारीस गरिएका प्रतिनिधिहरुलाई तिन दिनको तालिम पश्चात वीमा गर्नका लागि वडाहरुमा खटाइने तारकेश्वर नगर स्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाहले बताउनुभयो ।
यसै बिच, तारकेश्वर नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि स्वास्थ्य बीमा सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
शुक्रबार नगरपालिकाको सभाहल धर्मस्थलीमा आयोजना गरिएको कार्यक्रममा तारकेश्वर नगर स्वास्थ्य शाखाका गणेश कुंवरले बीमा कार्यक्रमको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

No description available.
प्रशिक्षण कार्यक्रमको समापन गदै तारकेश्वर नगरस्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाहले बीमा कार्यक्रम नागरिकको हितमा रहेको बताँउदै स्वास्थ्य बीमाको बारेमा बुझेका कुराहरुलाई टोल टोलमा लगेर सन्देश दिन सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आग्रह गर्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा तारकेश्वर नगरस्वास्थ्य शाखाकी राधा थपलिया, शोभा आचार्य, भरत पाण्डे लगायतको उपस्थीति रहेको थियो ।
बीमा गर्दा कति शुल्क तिनुपर्दछ ? कति पाइन्छ उपचार सुविधा ?
स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनको लागि ५ जना सम्मको परिवारले प्रतिपरिवार प्रति बर्ष रु ३५ सय शुल्क बुझाउनु पर्नेछ भने पाँच जना भन्दा बढी सदस्य भएको परिवारले  २ सयका दरले थप शुल्क बुझाउनु पर्नेछ । बार्षिक शुल्क बुझाएका बीमित परिवारले उपचार बापत बार्षिक ५ जना सम्मको लागि रु १ लाख र त्यो भन्दा बढी बीमित सदस्य भएको परिवारले अधिकतम रु २ लाख सम्म उपचार सहयोग पाउने छन् । यस कार्यक्रमका लागि नगरपालिका भित्र ६ महिना अघि देखि बसोबास भएको हुनुपर्ने छ । नगरपालिका भित्र बसोबास गर्ने स्थायी र अस्थायी सबै नागरिकले यो बीमा कार्यक्रममा सहभागी हुन पाउने छन् ।
यि बर्गले बीमा गर्दा छुट पाँउछन
बीमा कार्यक्रममा अति गरिब, एचआइभी संक्रमीत, कुष्ठरोगी, अति अशक्त अपांगता भएका परिवारहरुले कुनै शुल्क तिर्नुपदैन् । महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई बीमा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । त्यस्तै ७० बर्ष पुरा भएका जेष्ठ नागरिकको हकमा योगदान र हकमा पुर्ण छुट पाउने छन् । जेष्ठ नागरिकले रु १ लाख सम्मको स्वास्थ्य उपचार सेवा पाउने छन् ।

No description available.

यसै बिच तारकेश्वर नगरपालिकाले नगरपालिका भित्र स्थायीबासगर्नेहरुलाई नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसञ्चार केन्द्रबाट निशुल्क रुपमा रगत उपलव्ध गराउने व्यवस्थाको बारेमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ ।
तारकेश्वर नगर स्वास्थ्यले आज धर्मस्थलीमा आयोजना गरिएको कार्यक्रममा तारकेश्वरका ११ वडामा कार्यरत १८८ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थीति रहेको थियो । अभिमुखिकरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका उपनिर्देशक डा प्रकाश कुमार यादबले तारकेश्वर नगरपालिका भित्र बसोबास गर्ने स्थायी बासीहरुले कसरी निशुल्क रगत पाउन सक्छन भन्ने बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा तारकेश्वर नगर स्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाह, राधा थपलिया, गणेश कुंवर, शोभा आचार्य र भरत पाण्डे सहितको उपस्थीति रहेको थियो ।

No description available.

df

प्रतिक्रिया दिनुहोस्

Array