राष्ट्रिय स्वतन्त्र पार्टी सांसद श्रेष्ठ सहकारी विवादमा मुछिए

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० पुष २०७९, शनिबार
6 Min Read
Aa

पोखरा । सहकारीले बजारमा प्रवाह कर्जा पनि उठाउन सकेको छैन । आर्थिक कारोबार अस्तव्यस्त बनेपछि यो सहकारी बिचमा बन्द पनि भएको थियो । सहकारीमा लाखौँ रुपैयाँ राखेका बचतकर्ताले उजुरी दिएपछि मात्रै विवाद सतहमा आएको हो ।

सहकारीले बजारमा प्रवाह कर्जा पनि उठाउन सकेको छैन । आर्थिक कारोबार अस्तव्यस्त बनेपछि यो सहकारी बिचमा बन्द पनि भएको थियो । सहकारीमा लाखौँ रुपैयाँ राखेका बचतकर्ताले उजुरी दिएपछि मात्रै विवाद सतहमा आएको हो ।

बचतकर्ताले पोखरा महानगरपालिकाको सहकारी महाशाखामा उजुरी दिएका छन् । केन्द्रमा रास्वपाबाट मन्त्रीको लागि लबिङ गरिरहेका श्रेष्ठ एकाएक विवादमा मुछिएपछि उनले बिहीबार पत्रकार सम्मेलन पनि गरेका छन् । पत्रकार सम्मेलनमार्फत उनले सहकारीमा समस्या रहेको स्वीकार गरे । आफूलाई फसाउन खोजिएको उनको दाबी छ । सांसद हुनुअघिसम्म खासै चर्चामा नरहेका श्रेष्ठले केही वर्ष पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेका थिए । निजी क्लिनिक पनि चलाउँथे । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएपछि भने उनी त्यसको गण्डकी प्रदेश सभापति बने ।  जिल्लामा संगठन पनि बनाए । रास्वपाको सबैभन्दा बढी संगठन गण्डकीमा नै बनेको जस लिँदै उनी आदिवासी जनजाती क्लस्टरबाट सांसद बन्न पुगे ।

चुनाव हुनुभन्दा एक महिना अघिमात्रै सहकारी छाडेका श्रेष्ठमाथि पनि आर्थिक हिसाबकिताब नबुझाएको आरोप लागेको हो ।

उनै श्रेष्ठ अहिले सहकारीको आर्थिक विवादमा मुछिएका हुन । हुन त उनले सांसद बन्नुअघि गत कात्तिकमा नै सहकारी छाडेका थिए । तर, सहकारीको नियम प्रक्रिया केही नबुझेको नयाँ कार्यसमिति र पुरानो कार्यसमिति बिचतको समन्वय अभावका कारण सहकारीको कारोबार नै प्रभावित बनेको थियो ।

डा. श्रेष्ठ आफैँले नयाँ कार्यसमितिलाई बरबुझारथ गर्नुपर्नेमा आफूलाई थाहा नभएका कारण नगरेको बताएका छन् ।

सहकारीले विशेषत किसानहरूसँग पोल्ट्रीको काम गर्ने गर्थ्यो । यो सहकारीका सेयरधनी पनि किसानहरू नै छन् । संस्थाले १० हजार, २५ हजारदेखि लाखौँ रुपैयाँसम्म १०५ जना सेयरधनीबाट उठाएको उनले बताए ।

२०५९ सालमा स्थापित यो सहकारीले बचतकर्ताहरूको ८२ लाख ७२ हजार दुई सय रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । तर, रकम नै नभएपछि कार्यालय नै बन्द गरिएको कोषाध्यक्ष तारापति सुवेदीले बताएका छन । सहकारी बन्द भएसँगै बचतकर्ताहरूले आफ्नो रकम फिर्ता गर्न पोखरा महानगरपालिकाको सहकारी महाशाखा गुहारेका थिए । उनीहरूले सहकारी डुब्नुमा निवर्तमान अध्यक्ष ढाकाकुमार श्रेष्ठसमेत दोषी रहेको जिकिर गरेका थिए ।

यता डा. श्रेष्ठले भने बजारबाट एक करोडभन्दा बढी रकम उठ्न बाँकी रहेकाले सहकारीमा समस्या नभएको दाबी गरे । शुक्रबार नै आफूले बजारबाट रकम उठाउनका लागि कर्मचारीलाई निर्देशन दिइसकेको बताए ।

सहकारीमा कुनै समस्या नरहेको दाबी गरेपनि पत्रकार सम्मेलनमा नै सहकारीको विषयमा उनकै अगाडि फरकफरक कुरा सार्वजनिक भएका छन् ।

Dhakakumar1673622816.jpg

सञ्चालक समितिमा रहेकाले नै तिरेनन् ऋण  
यता सोही सहकारीमा म्यानेजर पदमा रहेर काम गरेका विशाल बस्ताकोटीले सेवाग्राहीको रकम हिनामिना गर्न संस्था दोषी रहेको जिकिर गरेका छन् । उनले  २५ हजारको जागिर खानका लागि १० लाख रुपैयाँ लिएर आउन भनेपछि पदबाटै राजीनामा दिएको दाबी गरे ।

“२५ हजारको जागिर खान मलाई १० लाख रुपैयाँ ल्याउन भनियो । त्यसपछि मैले सहकारी छाडेँ,” उनले भने ।

बस्ताकोटीले संस्थाको कार्यसमितिलाई पटक–पटक सूचना गर्दै आपत्कालीन बैठक डाक्दासमेत कोही पनि नआउँदा संस्था बन्द गर्नुपर्ने स्थितिमा आएको बताए ।

उनका अनुसार संस्थाकै सेयर सदस्यले ३० लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको थियो । “मेरो कार्यकालमा संस्थाकै सेयर सदस्यले ३० लाख रुपैयाँ ऋण तिर्न बाँकी थियो । यदि उनीहरूले त्यो रकम दिने हो भने बचतकर्तालाई रकम प्रदान गर्न गाह्रो छैन । संस्थाको अडिटमा समेत समस्या छ । ऋणमा गएको संस्था नाफामा गएको अडिट भएर आयो यो सुन्दा अचम्म लाग्यो,” उनले भने

उनले सहकारीबाट बिना धितो ऋण प्रवाह गरिएको र गलत अडिट रिपोर्ट पेस भएको दाबी गरे ।

संस्थाका वर्तमान अध्यक्ष डा. शनि पाठकले बिहीबार आफूहरू संस्थामा आउँदा माइन्युटमा प्रतिमहिना ५/६ लाख रुपैयाँ नाफामा गएको देखाइएको बताएका थिए ।

“प्रतिवेदनमा पनि संस्था ६–७ लाख रुपैयाँ नाफामा देखाइएको थियो,” डा. पाठकले भने, “अहिले पो थाहा भयो, संस्था डामाडोल रहेछ । हिसाबकिताब कसरी मिलाउने ?,” उनले भनेका छन् ।

यता सांसद श्रेष्ठले भने नियोजित रूपमा आफूलाई बदनाम गर्न खोजिएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सांसद श्रेष्ठले लेखेका छन्, “मैले पार्टी र चुनावमा लाग्नु पूर्व नै राजीनामा दिएको संस्थाको विषयलाई नाटकीय ढंगबाट उठाएर नियोजित रूपमा मेरो नाम बदनाम गर्न खोजियो । खाएको विष पो लाग्छ । जबरजस्ती मेरो चरित्र हत्या गर्न केही मान्छेहरू लागेको प्रष्ट छ । होइन भने मैले राजीनामा दिए पछी सो संस्थामा के भयो कसो भयो सो को जिम्मेवारी र जवाफदेही म कसरी हुने ? जुन संस्था फाइदा घाटा के मा छ छैन त्यसको जिम्मेवार कसरी हुने ?”

उनले सहकारीबाट राजीनामा दिँदै गर्दा अडिट गरेर बुझाएको बताएका छन् ।

पत्रकार सम्मेलनमा वर्तमान कार्यसमितिले जारी गरेको विज्ञप्तिमा पनि डा. श्रेष्ठले सबै कुरा नबिगारेको उल्लेख गरिएको छ । उनले आफूलाई फसाउन खोज्नेहरूको अडिट रिपोर्ट पनि रहेको दाबी गरे, तर सार्वजनिक भने गरेनन् ।

ङ्गजबपब1673622639.jpg

“निवर्तमान अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठको नाम जोडिएर आएकोले सबै कुरा उहाँले नबिगारेको र निवर्तमान कार्यसमिति र वर्तमान कार्यसमितिमा सल्लाह नभएको कारण यस्तो अवस्था आएको हो । तर, डा. श्रेष्ठले सहकारीका चल अचल सम्पत्ति हिनामिना नगरेको यस विज्ञप्तिमार्फत जानकारी गराउँदछौँ,” डा. श्रेष्ठ, डा. पाठक, सहकारीका सचिव धु्रवराज पौडेल र कोषाध्यक्ष तारापति सुवेदीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array