इसिजी गर्न अब अस्पतालनै धाउनु नपर्ने, शहरी स्वास्थ्य केन्द्र नेपालटारबाट निशुल्क इसिजी सेवा सुरु हुंदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ फाल्गुन २०७९, बिहीबार
2 Min Read
Aa

रबिन थपलिया । मुटुको धडकन र चालको अवस्थाको बारेमा जानकारी लिन गरिने इसिजी चेकअप अव तारकेश्वर नगरपालिका वडा नं ११ नेपालटारका जनताले निशुल्क रुपमा पाउने भएका छन् ।
शहरी स्वास्थ्य केन्द्र तारकेश्वर नगरपालिका वडा नं ११ ले अव केहि दिन भित्रमानै स्थानीयवासीहरुलाई निशुल्क रुपमा इसीजी सेवा दिने गरि तयारी थालेको शहरी स्वास्थ्य प्रमुख सुमित्रा उपाध्यायले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र साङलामा कार्यरत डा. इङिगिता सिम्खडालाई इसिजी सहितको सेवा दिनका लागि नगरपालिकाले शहरी स्वास्थ्य केन्द्र तारकेश्वर ११ मा खटाएको छ । शहरी स्वास्थ्य केन्द्र तारकेश्वर ११ बिन्दबासीनी मन्दीरबाट स्थानीयबासीहरुले अब इसीजीको अलावा ओपीडीको सेवा समेत पाउने छन् । केन्द्र मार्फत स्थानीयले नियमीत रुपमा परिवारनीयोजन सम्बन्धी अस्थायी सेवा, निशुल्क औषधी, खोपहरु, घाउको ड्रेसिङ, स्वास्थ्य परामर्श लगायतका सेवाहरु लिइरहेका थिए ।

No description available.
तारकेश्वर नगरपालिका भित्रका ६ वटा शहरी स्वास्थ्य केन्द्र मध्य यस केन्द्रबाट पहिलो पटक निशुल्क इसीजी सेवा सुरु हुन लागेको हो । इसीजी सेवा यस अघि साङलाको प्राथमिक स्वास्थ्य केन्द्रबाट मात्र सञ्चालनमा रहेको थियो । तारकेश्वर नगरपालिका वडा नं ११ का समाजसेवी कबिराज अर्यालले शहरी स्वास्थ्य केन्द्रलाई उक्त मेसिल सहयोग गर्नुभएको हो । डक्टरको सल्लाह अनुसार समय समयमा इसीजी गरिएमा हृदयघात लगायतबाट बच्न सकिने छ । जनचेतनाको अभावमा बर्षेनी हृदयघातका कारण हजारौ मानिसले अकालमा ज्यान गुमाइरहेका छन् ।

No description available.
तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखा मार्फत नगरवासीहरुका हितका निम्ती बिभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । नगरप्रमुख कृष्ण हरि महर्जनले नगरवासीहरुको हितका लागि तारकेश्वर नगरपालिकाको ११ औं नगरसभा मार्फत स्वास्थ्य क्षेत्रको लागि मात्र ३ करोड ३४ लाख ५० हजार बढीका बिभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सञ्चालनका लागि बजेट बिनियोजन गर्नुभएको छ । त्यस्तै नगरप्रमुखकै सक्रियतामा नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा सम्बन्धी कार्यक्रम यसै आर्थिक बर्ष देखि तारकेश्वर नगरपालिकामा लागु भएको छ । ५ जनाको परिवारले ३५ सय बार्षिक शुल्क तिरेर स्वास्थ्य बीमा गरेमा एक बर्षमा १ लाख सम्मको उपचार खर्च पाउने छन् । स्वास्थ्य वीमा लागु गर्ने काठमाण्डौं उपत्यकाका स्थानीय निकाय मध्य तारकेश्वर तेश्रो हो । त्यस्तै बिपन्न र असाहायहरुको उपचारको लागि नगर स्वास्थ्य उपचार कोषको स्थापना गरिएको छ । सो कोष मार्फत नगरका स्थायीवासीहरुले उपचारका लागी आर्थिक सहयोग पाउने छन् ।

No description available.

ds

प्रतिक्रिया दिनुहोस्