तारकेश्वरका नगरप्रमुख महर्जनद्धारा मनमैजुमा बर्थीङ सेन्टर सुभारम्भ, सुत्केरीेले गाडीभाडा देखि न्यानो झोलाको सेट समेत पाउने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ फाल्गुन २०७९, शुक्रबार
5 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको लगानीमा वडा नं ९ मनमैजुको शहरी स्वास्थ्य केन्द्रबाट आज देखी बर्थीङ सेवा सुरु भएको छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन र उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले सेन्टरको सुभारम्भ गर्नुभएको हो । तारकेश्वरमा स्थानिय सरकार गठन भएपछि पहिलो पटक नगरप्रमुख कृष्ण हरि महर्जनको सक्रियतामा बर्थीङ सेन्टर सुरु भएको हो ।

No description available.
बर्थीङ सेन्टरको सुभारम्भ गदै नगरप्रमुख महर्जनले प्रसुतिका लागि अस्पतालमा हुने भिडभाडका कारण आमा र बच्चामा हुनसक्ने जोखिम कम गर्न घर आँगनमै खुलेको यस बर्थीङ सेन्टरले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रसुतिकै लागि शहरका अस्पतालहरुमा लैजाँदै गर्दा सडक जाम र बेडको अभावमा कतिपय दिदिवहिनिहरुले अकालमा ज्यान गुमाउनु परिरहेको बताँउदै नगरप्रमुख महर्जनले आफनै नगरमा खुलेको बर्थीङ सेन्टरमा सुरक्षित तरिकाले प्रसुति गराउन आग्रह गर्नुभयो ।
नगरप्रमुख महर्जनले बर्थीङ सेन्टरले चुस्त, दुरुस्त सेवा दिने गरि जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभयो ।
बिगतमा तारकेश्वरका १३ वटा स्वास्थ्य संस्थामा गुणस्तरहिन औषधी बितरण हुने गरेको भन्ने नकारात्मक सन्देश गएको बताँउदै नगरप्रमुख महर्जनले आफुहरुले नगरवासीहरुलाई मेडिकलमा पाइने जस्तै औषधीहरु बितरण गर्ने काम गरिरहेको बताउनुभयो ।
सानो घाउलाई पनि सामान्य रुपमा लिंदा भोली त्यो क्यान्सर हुन्छ भन्ने चेतनाको अभावमा अकालमा मानिसले ज्यान गुमाउनु परिरहेको बताँउदै नगरप्रमुख महर्जनले नगरवासी महिलाहरुमा चेतना ल्याउन र उनिहरुको सुरक्षित भविष्यका निम्ती नगरपालिकाले ११ वटै स्वास्थ्य संस्था मार्फत पाठेघरको निशुल्क परिक्षण कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

No description available.

No description available.
कार्यक्रममा उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले महिला दिदिवहिनिहरुमा आफ्ना रोग भन्नका लागि अझै पनि लाज मान्ने र आफ्नो कुराहरु खुलेर राख्न नसक्ने कारण क्यान्सर जस्तो भयानक रोगका कारण कलिलो उमेरमा मृत्युबरण गर्नुपरिरहेको बताँउदै डक्टरलाई निर्धक भएर आफ्ना कुरा राखेर जिवन सुरक्षीत गर्न आग्रह गर्नुभयो ।
भुगोलका कारण काँठ एरियामा बस्ने महिला दिदिविहिनीहरु घरबाट बाहिर ननिस्कने र बेडमा थला नपरे सम्म कुनै रोगको चेकअप नगर्ने आदतका कारणले काँठ एरियाका महिलाहरुमा पाठेघर सम्बन्धी निकै समस्या रहेको बताउनुभयो ।
प्रसुति सम्बन्धी सेवा निकै गम्भीर रहेको बताँउदै उपप्रमुख अर्यालले चौविसै घण्टा सेवा दिने गरी स्वास्थ्यकर्मीहरुलाई तयारी बनाएर राख्न आग्रह गर्नुभयो ।
तारकेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष परशुराम अर्यालले काँठ क्षेत्रको महिलाहरुको स्वास्थ्य अवस्था अझै दयनीय रहेको बताँउदै नगरपालिकाले सञ्चालन गरेको बृहत्त स्वास्थ्य शिबिरले महिलाहरुको स्वास्थ्यमा हुने समस्या कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
तारकेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष श्यामकृष्ण महर्जनले नगरपालिकाले बिभिन्न वडाहरुमा निशुल्क रुपमा स्वास्थ्य परिक्षण र औषधीहरु बितरण गरिरहेको बताँउदै रोगहरु नलुकाई नजिकको स्वास्थ्य संस्थामा गएर निशुल्क रुपमा उपचार गराउन आग्रह गर्नुभयो ।
तारकेश्वर नगर स्वास्थ्य शाखाकी अधिकृत राधा थपलियाले सञ्चालन गर्नुभएको कार्यक्रममा तारकेश्वर नगर स्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाह, शहरी स्वास्थ्य केन्द्र तारकेश्वर ९ का इञ्चार्ज जनार्दन घिमिरेले बथिङ सेन्टर सम्पुर्ण मापदण्ड पुरा गरेर सञ्चालन भएको बताँउदै गुणस्तरीय प्रसुति सेवा हुनेमा ढुक्क भएर आउन आग्रह गर्नुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं १ का अध्यक्ष बिदुर सापकोटा, वडा नं ६ का अध्यक्ष श्याम सापकोटा, वडा नं ११ का अध्यक्ष कबिराज बस्नेत, तारकेश्वर नगरपालिकाका न्यायीक समिति सदस्य एवं वडा नं ९ का सदस्य उज्ज्वल अधिकारी, वडा नं ९ का वडा सदस्य श्याम कृष्ण महर्जन लगायतको उपस्थीति रहेको थियो ।
बर्थीङ सेन्टरको उदघाटन सहित निशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । स्वास्थ्य शिविरमा ३२१ जनाले स्वास्थ्य परिक्षण गराएका छन भने २७ जनाले रक्तदान गरेका छन् ।

No description available.No description available.

बथीङ सेन्टरमा सुत्केरी गराँउदा यस्तो सुविधा पाइन्छ
आज देखि सञ्चालनमा आएको बर्थीङ सेन्टरमा प्रसुतिका लागि नगरपालिकाले ४ जना नर्सहरुलाई स्पेशल एसविए तालिम समेत दिएर तयारी अवस्थामा राखेको छ । साथै बर्थीङ सेन्टरका लागि आवश्यक पर्ने डेलीभरी बेड, सक्सन मेसिन, अक्सीजन मेसिन, बच्चालाई तातो बनाउने मेसिन लगायतका उपकरणहरु समेत जडान भइसकेको तारकेश्वर नगरपालिकाका नगरस्वास्थ्य प्रमुख बिनोद कुमार शाहले बताउनुभयो । शाहका अनुसार प्रसुती गराउनका लागि निजी र सरकारी अस्पतालमा हुने जस्तै सबै सामानहरु बर्थीङ सेन्टरमा रहेको बताँउदै ढुक्क भएर प्रसुति सेवा लिनका लागि आग्रह गर्नुभयो ।
बर्थीङ सेन्टरमा प्रसुती गराएबापत निशुल्क औषधी, न्यानो झोला र यातायातका लागि रु १ हजार भाडा पाउने छन् । न्यानो झोलामा बच्चा र आमाको लागि एक एक सेट कपडा समेत बर्थीङ सेन्टरले निशुल्क उपलव्ध गराउने छ । साथै नेपाल सरकारको मापदण्ड अनुसार सरकारी स्वास्थ्य संस्थाहरुमा गर्भ रहेको तेश्रो, पाँचौ, आठौं र नवौं महिना चेक गराएका महिलाले थप ८ सय समेत पाउने छन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

df

प्रतिक्रिया दिनुहोस्

Array