त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा तिवारी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

 काठमाण्डौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतावबाबु तिवारी तोकिनु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तिवारीलाई महाप्रबन्धकको जिम्मेवारी तोकेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । तिवारी यसअघि पनि विमानस्थलको महाप्रबन्धक हुनुभएको थियो । क्यानमा उपमहानिर्देशकको जिम्मेवारीमा रहनुभएका तिवारी क्यानको नागरिक उड्डयन प्रशिक्षणको प्रमुख हुनुहुन्थ्यो । प्रशिक्षण प्रमुखमा देवचन्द्रलाल कर्ण तोकिनुभएको छ ।

महाप्रबन्धक तिवारीले विमानस्थलको सेवालाई सुदृढ र प्रभावकारी बनाउन सक्रियतापूर्वक लाग्ने बताउनुभयो ।

यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी हंशराज पाण्डेलाई दिइएको छ । उहाँ यसअघि एभिएशन सर्भिसेज निर्देशनालयमा उपमहानिर्देशक हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

Array