युवराज सफलको नेतृत्वमा समाजवादी मोर्चा घोषणा, समाजवादी शक्तिलाई मोर्चामा समावेश गराइने उद्घोष

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० फाल्गुन २०७९, शनिबार
5 Min Read
Aa

काठमाडौं,  युवराज पौडेल ‘सफल’ को नेतृत्वमा नेपाल समाजवादी मोर्च घोषणा भएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी समाजवादी मोर्चा घोषणा गरिएको हो । मोर्चाको संयोजकका युवराज सफल आफैं रहेका छन् । मोर्चले नौं सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । सुशीलनाथ योगी, कृष्ण खड्का, शोभा पाठक, रामराजा श्रेष्ठ, बासु पौडेल, अर्जुन अधिकारी, एलिजा तामाङ, गणेश ढकाल मोर्चाको सचिवालय सदस्य रहेका छन् ।
मोर्चाले तत्काल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ज्ञापनपत्र बुझाउने संयोजक सफलले जानकारी दिए । साथै, समाजमा विश्वास राख्ने समाजवादी शक्तिलाईसमेत मोर्चामा समावेश गरिने उनको भनाई छ ।
‘समाजवादमा विश्वास राख्ने आम समाजवादी शक्तिहरुलाई समेत नेपाल समाजवादी मोर्चामा ल्याउन विभिन्न अन्तरक्रिया, गोष्ठी र बैठकलगायतका कार्यक्रमको आयोजना गरिने छ । मोर्चामा सबैलाई समावेश गरिने छ,’–मोर्चाद्धारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।
साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुले आफूलाई साईबर आक्रमण र भौतिक आक्रमणको प्रयास गरेको उनको आरोप छ । सर्वोच्चले अनागरिकलाई नागरिक बनाउँदा पनि आफूलाई हत्या गर्नका लागि भारतबाट सुटरसमेत ल्याएको उनको आरोप छ ।
‘सर्वोच्च अदालतले अनागरिक करार गरेको व्यक्ति रवि लामिछानेको फैसला गर्यो । त्यहाँदेखि रवि लामिछानेका समर्थकहरुबाट ममाथि साइबर आक्रमण भयो । भौतिक रूपमा पनि आक्रमण गर्छु भने । हामीले रवि लामिछाने उम्मेदवार बन्न अयोग्य छन् । उहाँले बोकेका पासपोर्ट दुरूपयोग भएको छ । गलत पासपोर्ट बोकेका छन् भन्ने विषय राखेर सर्वोच्च अदातमा रिट दर्ता गर्यौं । त्योभन्दा अगाडिदेखि नै मलाई हत्या गर्न भारतबाट सुटर ल्याउने, कलंकीको बाबा गेस्टहाउसमा ल्याएर राख्ने काम गर्ने, सामाजिक सञ्जालमा मर्यो भनेर हल्ला फैलाउनेजस्ता काम रवि लामिछानेको समर्थकले गरे,’–उनले भने ।
अब लामिछानेका समर्थकले गरेको गालीमा आफू टुलुटुलु हेरेर नबस्ने उनको चेतावनी छ । अहिले रवि लामिछानेलाई सरकारमा लाने कुरा मिडियामा आएको र त्यसमा मोर्चाको घोर आपत्ति रहेको उनको टिप्पणी छ । साथै, उनले रविलाई सरकारमा लगेको खण्डमा मोर्चाले जस्तोसुकै घट्ना पनि घटाउनसक्ने चेतावनी दिए ।
‘समाजवादी मोर्चाको तर्फबाट युवराज सफल चुनौति दिन चाहन्छ । जस्तोसुकै घट्ना पनि हामी घटाउन सक्छौं । रविलाई प्रचण्ड, देउवा, ओलीले बचाउनुहोला । तर, तिनीहरु तीन जनालाई कसले बचाउँछ ? तिनीहरु तीन जनालाई कसैले पनि बचाउनेवाला छैन । फौजदारी कसुर झेलिरहेका व्यक्तिलाई कुनैपनि हालतमा सरकारमा लैजानुहुँदैन,’–सफलले भने ।
आफूमाथि करोडौंको गाडी चढ्ने र करोडौं पैसा खाएर रविको विरुद्ध लागेको भन्ने आरोप लागेकाले वास्तविक कुरा जनतामाझ लिएर जानुपर्छ भनेर समाजवादी मोर्चाको घोषणा गरेको उनको स्पष्टोक्ति थियो ।
समाजवादी मोर्चाको आन्दोलन कुनै व्यक्तिको विरुद्ध नभएर प्रवृत्तिको विरुद्ध भएको उनको दाबी छ । साथै, दुर्गा प्रसाईँले सुरु गरेको अभियानको उनले विरोध गरेका छन् । लाखौं भत्ता र नाफा खाने सञ्चालकबाट प्रसाईँले पैसा खाएर कर्मचारीलाई कालोमासो दलेको उनको आरोप छ । यद्धपी बैंक आफैंमा सही बाटोमा नभएको उनको दाबी छ । बैंक जनताको लागि हुनुपर्ने उनको धारणा छ । त्यस्ता बैंक तथा वित्तीय संस्थाका लागि आफूहरुले कानुनी लडाई लड्ने उनले घोषणा गरेको छन् । केही नलागेमा आफूहरु त्यस्ता बैंक तथा वित्तीय संस्थाको विरुद्धमा भौतिक आक्रमण गर्ने उनले घोषण गरेका छन् ।
साथै, राष्ट्रपति निर्वाचनको भोटको आशमा रवि लामिछानेलाई सरकारमा ल्याउने काम भएमा मोर्चालाई त्यो सह्य नहुने उनले बताए ।
मोर्चाका सचिवालय सदस्य कृष्ण खड्काले आफूहरुले गर्नुपर्ने काम धेरै रहेको बताए । आजसम्म भएका आन्दोलनभन्दा समाजवादी मोर्चाको लडाइ फरक खालको रहेको उनको दाबी छ ।
‘आजसम्म भएका आन्दोलनभन्दा हाम्रो लडाईं फरक खालको छ । हामीले भनेका छौं हामी अब विधिको शासन र कानुनी राज्यको वकालत गर्नका लागि हाम्रो लडाई हो । यो समाजवादी मोर्चा त्यतातिर केन्द्रीत भएको छ । हामी कुनैपनि आन्दोलनमा सडक जाम गर्नेवाला छैनौं । हामी अख्तियार र पुलिस प्रशासनसँग मिलेर अनुसन्धानमा केन्द्रीत भएर काम गर्नेछौं,’–उनले भने ।
कार्यक्रमका अर्का वक्ता लक्ष्मण चौलागाईँले आज मुलुकको समस्या रवि लामिछानेमात्रै नभएको प्रष्ट्याएका छन् । अहिलेको व्यवस्था प्राप्तिका लागि आफूहरु अंगभंग र घाइते भएको, र त्याग तपस्या गरेको स्मरण गर्दै उनले रविले मुलुकमा व्यवस्था बदलिएपछि अवस्थालाई चुनौति दिन साइबर स्ट्रन्ट र विद्युतीय अपराध गरेको उनको आरोप छ ।
‘रवि लामिछानेको विद्युतीय आतंकलाई म घोर भत्र्सना गर्दछु । हामीले यो लोकतन्त्र प्राप्तिको निम्ति धेरैले घरबास गुमाएका छौं । धेरै अंगभंग छौं । धेरै घाइते छौं र हाम्रा बस्तीहरु सहिदको बस्तीका रुपमा रुपान्तरण भएका छन् । तर हिजो सहिदको बस्ती निर्माण हुने बेलामा रबि लामिछाने क्रान्तिको लागि सहभागी थिएनन् । मुलुकमा व्यवस्था बदलिइसकेपछि अवस्थालाई चुनौति दिन साइबर स्टन्ट गर्दै, विद्युतीय अपराध गर्दैगर्दा युवराज सफलको उदय भएको हो,’– उनले भने ।
रविले राष्ट्रवादमा हिलो छ्यापेको उनको आरोप छ । आफू जनयुद्धकालदेखि आजसम्म सञ्चार कर्ममा रहेको दाबी गर्दै उनले अहिले सञ्चारकर्मीहरुले रविको पक्षमा समाचार लेखेर युवराज सफललाई गलत सावित गराउन खोजेको पनि आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

Array