तारकेश्वर गैरीगाँउको प्राइम किड्स एकेडेमी मन्टेश्वरीले मनायो ७ औ स्थापन दिवस तथा अविभावक दिवस

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० फाल्गुन २०७९, शनिबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ८ गैरीगाँउ स्थीत प्राइम किड्स एकेडेमी मन्टेश्वरीले ७ औं स्थापना दिवस तथा अविभावक दिवस मनाएको छ ।
स्कुलको प्राङगणमा आयोजना गरिएको भव्य कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले कार्यक्रमको उदघाटन गर्नुभयो ।
नगरप्रमुख महर्जनले शिक्षामा परिवर्तन गर्न सकेमात्र सवै कुरामा परिवर्तन आँउने बताँउदै विद्यालयहरुले संस्कार सहितको शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो “मण्टेश्वरी स्कुलहरुमा अध्ययन गर्ने छोराछोरीले अंग्रेजी बोले भनेर अविभावक मक्ख नहुनुस,मेरो छोराछोरीले अंग्रेजी बोल्दै गर्दामा हाम्रो धर्म संस्कृति, हाम्रो रितिरिवाज र हाम्रो पहिचानलाई अंगालेर शिक्षा लिएका छन् कि छैन् भनेर बुझन जरुरी छ”
कितावबाट मात्र शिक्षा दिने हिजोको परिपाठी अन्त्य भएको बताँउदै नगरप्रमुख महर्जनले नयाँ शिक्षाको नाममा भडकीलो र खर्चिलो शिक्षामा न्युनीकरण ल्याउनुपर्ने बताउनुभयो ।

No description available.
मण्टेश्वरी विद्यालयहरुको एशोसिएसन अपेन तारकेश्वकी अध्यक्ष रेखा शाही हमालले मण्टेश्वरी विद्यालयहरुले किताबका अलावा सैदान्तीक र व्यवहारीक शिक्षाका निम्ती अहोरात्र लागि परेको बताँउदै बालबालीकाको भबिष्यका निम्ती मण्टेश्वरी विद्यालयहरुले उचित शिक्षा दिन कुनै कमी नराखेको बताउनुभयो । उहाँले नेपाली कला, संस्कृति र धरोहरलाई जोगाउन मण्टेश्वरी विद्यालयहरुले समान्य चाडपर्व देखि बिभिन्न जातजातीले मान्ने चाडपर्व सम्मको बारेमा बालबालीकाहरुलाई व्यवहारीक ज्ञान दिएको बताउनुभयो ।

No description available.
प्राइम किड्स एकेडेमी मन्टेश्वरीका प्रधानाध्यापक रमेश श्रेष्ठले नेपाल सरकारको र्निदिष्ट पाठ्यक्रमलाई अंगीकार गदै २१ औ शताव्दीलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ विद्यालय अगाडी बढीरहेको बताउनुभयो ।
साना नानीबाबुहरुलाई मण्टेश्वरी विधिको माध्यमबाट व्यवहारीक ज्ञानमा जोडदिइरहेको बताँउदै प्रधानाध्यापक श्रेष्ठले उपलव्ध श्रोत साधनहरुको उपयोग गदै विद्यालयले अडियो भिडियो माध्यमबाट कक्षाहरु सञ्चालन गरिरहेको बताउनुभयो ।
विद्यालयले परम्परागत शिक्षा पद्धती भन्दापनी बालबालीकाहरुको मनोविज्ञान बुझने कोसीस गरेर चाइल्ड सेन्टर एजुकेशन पद्धती मार्फत शिक्षा दिइरहेको बताउनुभयो ।
विद्यालयले भ्यालु बेस एजुकेशनमा जोड दिएर शिक्षा दिइरहेको बताँउदै प्रधानाध्यापक श्रेष्ठले हाम्रा संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने शैक्षिक नीतिलाई पनि जोड दिइरहेको बताउनुभयो ।
कार्यक्रममा बालबालीकाहरुले बिभिन्न संस्कृति कार्यक्रमहरु सहितको प्रस्तुती देखाएको थिए ।
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ८ का अध्यक्ष श्याम कृष्ण सापकोटा, विद्यालयका सञ्चालक बिनोद देवकोटा, भिम काप्री, पृथ्वी नारायण स्कुलका प्रधानाध्यापक नारायण काप्री लगायतको उपस्थीति रहेको थियो ।

No description available.

No description available.

No description available.No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

df

प्रतिक्रिया दिनुहोस्

Array