छुट्टाछुट्टै स्थानबाट अवैध लागू औषधसहित सात जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ फाल्गुन २०७९, आईतवार
3 Min Read
Aa

काठमाडौं, मकवानपुर, भिमफेदी गाउँपालिका(२ भैंसेबाट अवैध लागूऔषध चरेश जस्तो वस्तु करिब ८ केजीसहित थाहा नगरपालिका(७ महादेब खर्क बस्ने ३१ वर्षीय दिपक भन्ने राजकुमार स्याङतानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले भैंसेस्थित चेकप्वाइन्टमा जाँच गर्ने क्रममा लुकाईछिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
पर्सा, धोबिनी गाउँपालिका(१ आशवारीबाट अवैध लागूऔषध चरेश १० केजी ५ सय ग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धोबिनी गाउँपालिका(४ लंगडी बस्ने ३८ वर्षीय संजय राउत कुर्मी र भारत बिहार पश्चिम चम्पारण बस्ने २३ वर्षीय अविनाश कुमार रहेका छन् । इलाका प्रहरी कार्यालय पोखरीया र प्रहरी चौकी आशवारीबाट खटिएको प्रहरीले बीआर २२ एम ३५९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्की र सिटमुनि लुकाईछिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध फेला पारी मोटरसाइकल चालक अविनाशलाई पक्राउ गरी थप अनुसन्धानको क्रममा संजयको पनि संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका(१३ आपगाँछीबाट अवैध लागूऔषध गाँजा ४१ केजी ५० ग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका(१६ बस्ने ४० वर्षीय सुकेन्द्र लिम्वु र सोही उपमहानगरपालिका(१७ बस्ने धनकुटा पाख्रिवास नगरपालिका(९ घर भएका २८ वर्षीय नविन राई रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको बा।१३ च २६८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका(५ नयाँबजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६० मिलिग्रामसहित शिवसताक्षी नगरपालिका(९ बस्ने २८ वर्षीय मोहन शेर्पालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उदयपुर, कटारी नगरपालिका(१ बेलसोत कालिखोलाबाट अवैध लागूऔषध गाँजा करिब २२ केजीसहित सिराहा मिर्चैया नगरपालिका(४ बस्ने २२ वर्षीय ललित सिंहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा लागूऔषध ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी बेलसोतबाट खटिएको प्रहरीले प्रदेश २(०१(००१ प १५२६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
धनकुटा, साँगुरीगढी गाउँपालिका(८ सिंखुलाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६ केजी गएराति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीलाई देख्नासाथ को।१ ज १८११ नम्बरको पिकअप चालकले गाडी छोडी फरार भएपश्चात गाडी जाँच गर्ने क्रममा पिकअपमा लोड गरी राखेको ४ वटा बोराभित्र रहेको उक्त गाँजा प्रहरीले फेला पारी बरामद गरेको हो । हाल फरार पिकअप चालकको खोजी भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array