काठमाण्डौंमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तारकेश्वर नगरपालिकाले दुई स्वर्ण सहित ७ पदक जित्यो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौंमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तारकेश्वर नगरपालिकाले दुई स्वर्ण सहित ७ पदक जितेको छ ।
दशरथरंगशालामा जारी प्रतियोगितामा तारकेश्वर नगरपालिकाका तर्फबाट एथलेटीक्स खेलमा छात्रा तर्फ रानी महरा र छात्र तर्फ रेकम भुसालले स्वर्ण पदक जितेका छन् । अन्य पाँच जना खेलाडीहरुले तारकेश्वर नगरपालिकालाई पाँच रजत र कास्य पदक जिताएका छन् । प्रतियोगिताको महत्वपुर्ण मानीने भलिबल प्रतियोगितामा तारकेश्वर नगरपालिका फाइलमा पुगेको छ । यो समाचार तयार पार्दा जारी भलिबल प्रतियोगितामा बिजेता बनेमा तारकेश्वरले थप एक स्वर्ण पदक पाउने छ भने उपबिजेता बनेमा रजत पदकमा चित्त बुझाउनुपर्ने छ । प्रतियोगिता अहिले पनि जारी रहेकाले नगरपालिकाका तर्फबाट खेलकुदमा सहभागी भएका खेलाडी बिद्यार्थीहरुले थप पदक दिलाउने तारकेश्वर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका खेल संयोजक राजेन्द्र प्रसाद तिमिल्सीनाले बताउनुभयो । तिमिल्सीनाको संयोजकत्वमा केहि समय अगाडी तारकेश्वर नगरपालिकाले मेयर कप रनिङशिल्ड प्रतियोगिता सम्पन्न गरेको थियो ।

May be an image of 11 people and people standing

May be an image of 4 people and people standing

May be an image of ‎4 people, people standing and ‎text that says '‎שם‎'‎‎

sd

प्रतिक्रिया दिनुहोस्

Array