वडा अध्यक्ष परशुराम अर्यालको पहलमा ६ बर्ष देखि बन्द रहेको तिनपिप्ले–रानिबन हुंदै रत्नपार्क सम्म लोकल बस सञ्चालन हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ फाल्गुन २०७९, बुधबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष परशुराम अर्यालको अथक प्रयास पछि ६ बर्ष देखि बन्द रहेको तिनपिप्ले देखि रानिबन हुंदै रत्नपार्क सम्म लोकल बस सञ्चालन हुने भएको छ ।
बिगत ६ बर्ष देखि लोकल बस बन्द भएकाले तारकेश्वर नगरपालिका वडा नं ३ र ५ का यात्रुहरुले निकै कष्ट भोग्दै आइरहेका थिए । यहि फागुन २३ गते महानगरीय प्रहरी कार्यालय बालाजुमा वडाका जनप्रतिनिधिहरु, यातायात व्यवसायी र प्रहरी बिचको छलफल पछि चैत्र १ गते देखी व्यवसायीहरुले बस सञ्चालन गर्न सहमती जनाएका हुन् । छलफलमा तारकेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, महानगरिय प्रहरी कार्यालय बालाजुका प्रमुख डिएसपी मनोजित कँुवर, बालाजु यातायात प्रा.लि, तारकेश्वर यातायात प्रा.लि र जितपुर चिसापानी यातायात प्रा.लिका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।
सहमती पछि आगामी चैत्र १ देखि तिनपिप्ले–आठमाइल– ठुलोगाँउ–मुडखु–रानिबन हुंदै रत्नपार्क सम्म दुवै तर्फी बसहरु सञ्चालन हुने छन् । सहमती अनुसार व्यवसायीहरुले चैत्र १ गते देखि एक महिनाका लागि ट्रायल समय मागेका छन् । उक्त समयमा वडा कार्यालयले स्थानीयहरुलाई लोकल बसनै प्रयोग गर्न आग्रह गर्ने, मालबाहक र तरकारीको गाडीहरुमा यात्रुहरुलाई ओसारपसारमा रोक लगाउने र प्रहरी तथा ट्राफिकहरुसंग समन्यव गरेर सरप्राइज चेकिङ हुने तारकेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले बताउनुभयो ।
लामो समय देखि लोकल बस बन्द हुंदा तारकेश्वर नगरपालिका वडा नं ३ र ५ का बासिन्दाहरुले मालबाहक र रानीपौवा तथा ककनीबाट आउने बसहरु मार्फत कष्टपुर्ण यात्रा गर्न बाध्य भइरहेका थिए । वडा अध्यक्ष अर्यालले व्यवसायीहरुले एक महिनाको ट्रायल समय मागेको र उक्त समयमा यात्रुहरु निकै कम भएमा यातायात सेवा बन्द गर्न सक्ने भएकाले चैत्र १ गते देखि लोकलबस मात्र प्रयोग गर्न स्थानियबासीहरुलाई आग्रह गर्नुभयो ।
तिनपिप्ले–चिसापानी चाँडै पिचको तयारी अन्तीम चरणमा
अध्यक्ष अर्यालका अनुसार तारकेश्वर नगरपालिका वडा नं ३ को तिनपिप्ले–चिसापानी सडक खण्डको थप पिच हुने तयारी भइरहेको छ । पिचका लागि आजबाट ग्रेडिङ सुरु भएको छ । पिचका लागि बेस र सब बेसहरु पनि झारी सकीएको छ । दुई चार दिन भित्रमै तिनपिप्ले–चिसापानी सडक पिचको काम सुरु हुने अध्यक्ष अर्यालले बताउनुभयो ।

No photo description available.

dfgdg

प्रतिक्रिया दिनुहोस्

Array