राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पहिलो पटक सहभागी भएको तारकेश्वर नगरपालिका काठमाण्डौंका स्थानिय निकायमा दोश्रो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ फाल्गुन २०७९, शुक्रबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । १२ औं काठमाण्डौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा पहिलो पटक सहभागीता जनाएको तारकेश्वर नगरपालिकाले दोश्रो स्थानको जित हाँसील गरेको छ ।
काठमाण्डौं महानगरपालिका सहित ११ स्थानिय निकायको प्रतिनिधित्व रहेको उक्त प्रतियोगितामा तारकेश्वर नगरपालिकाले आठ स्वर्ण, ११ रजत र आठ कांस्य गरि २७ पदक जितेको छ । प्रतियोगिता हिजो राती अबेर सम्पन्न भएपनि आयोजकहरुले आधिकारीक रुपमा नतिजा भने सार्वजनीक गरेको छैन । प्रतियोगिताको बिजेता काठमाण्डौं महानगरपालिका बनेपनि तारकेश्वर र किर्तिपुर नगरपालिकाले प्राप्त गरेको पदकको बिषयमा समस्या देखिएपछि पुर्ण नतिजा सार्वजनीक नभएको बताइएको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको पदक बिबादको बारेमा आज दिँउसो सम्म टुंगो लाग्ने तारकेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका खेल संयोजक राजेन्द्र प्रसाद तिमिल्सीनाले बताउनुभयो ।

No photo description available.

No description available.
काठमाण्डौंका ११ स्थानिय निकायको प्रतिनिधित्व गदै खेलकुदमा २ हजार बढी खेलाडीको सहभागीता रहेको थियो । प्रतियोगितामा तारकेश्वर नगरपालिकाबाट १२४ खेलाडी सहभागी भएका थिए । तारकेश्वरबाट खेलमा सहभागी भएका मध्य २४ प्रतिशत खेलाडीले पदक लिएर र्फकिएका छन् । प्रतियोगितामा तारकेश्वर नगरपालिकाका खेलाडीले एथलेटिक्स र भलिबलमा जिल्लामै द्वितीय स्थान प्राप्त गरेको नगरपालिकाका खेलकुद संयोजक तिमिल्सीनाले बताउनुभयो ।
११ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भइसक्दा पनि तारकेश्वर नगरपालिकाले खेलमा सहभागीता जनाएको थिएन् । नगरप्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल र नगरपालिकाका खेल संयोजकको जिम्मेवारी पाउनु भएको तिमिल्सीना सहित शाखाको अग्रसतामा नगरपालिकाले पहिलो पटक खेलकुंदमा सहभागीता जनाएको हो । तारकेश्वर नगरपालिकाको खेलकुदको बिकासमा अहोरात्र लाग्नु भएका नगरप्रमुख महर्जन खेलाडीलाई उत्साह दिनको लागि हिजो प्रतियोगिता स्थलमा पुग्नु भएको थियो । नगरपालिकाको न्ययायीक समितिको कार्यक्रममा काठमाण्डौं बाहिरका जिल्लाहरु पुगेर र्फकिएलगतै सिधै नगरप्रमुख प्रतियोगितामा पुग्नुभएको थियो । प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई नगरप्रमुखले कार्यक्रम स्थलमानै बधाई र सुभकामना दिनुभएको थियो ।
नगरपालिकाका खेलकुद संयोजक तिमिल्सीनाले भन्नुभयो “ प्रतियोगितामा पहिलो पटक सहभागी भएपनि तारकेश्वर के हो ? खेलकुदमा तारकेश्वको अवस्था के छ भनेर भने हामीले एउटा किसिमको दबदबा सृजना गर्न सक्यौं, हाम्रा खेलाडीहरुको उत्साहले अबको प्रतियोगिता तारकेश्वरले जित्ने विश्वास लिएको छु” ।
११ वटै नगरपालिकाको प्रतिनिधित्व रहेको नेपालकै केन्द्रमा रहेको काठमाण्डौं जिल्लामा तारकेश्वर नगरपालिकाले पहिलो पटक सहभागीता जनाएरपनि यो किसिमको सफलता प्राप्त गर्नु समग्रमा खेल क्षेत्रकै ठुलो उपलव्धी हो । आफ्नो कार्यकालमा तारकेश्वरलाई खेलमैत्री, खेलकुंदको हब, खेल पर्यटनको विकास गर्ने मेयर कृष्ण हरि महर्जनको योजना प्रतियोगिताको उपलव्धीसंगै पुरा हुने देखिन्छ ।
खेलकुदमा पदक बिजेता खेलाडीले अब बाग्मती प्रदेश लेभल हुंदै बिजेता बन्दै गएमा राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन पाउने छन् । केहि समय अघि मात्र तारकेश्वर नगरपालिकाले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा तारकेश्वर नगरपालिको प्रतिनिधित्व गराउने लक्ष्य सहित पहिलो मेयर कप रनिङसिल्ड प्रतियोगिता आयोजना गरेको थियो ।

No description available.

No description available.

No description available.No description available.

zc

प्रतिक्रिया दिनुहोस्

Array