एन्जल्स् हार्ट नेश्नल स्कुल र एन्जल्स किड्स मन्टेश्वरीले मनायो पाँचौ अविभावक दिवस

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ फाल्गुन २०७९, शनिबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । शैक्षिक क्षेत्रका छुट्टै पहिचान बनाउन सफल तारकेश्वर नगरपालिका वडा नं ९ को एन्जल्स हार्ट नेश्नल स्कुल तथा एन्जल्स् किड्स मन्टेश्वरीले पाँचौ स्थापना दिवस तथा अविभावक दिवस मनाएको छ ।
विद्यालयमा आयोजीत विशेष कार्यक्रमको तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले उदघाटन गर्नुभएको थियो । अविभाक दिवसलाई सम्बोधन गदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले गुणस्तरीय शिक्षा पाउने स्थानिय निकायको रुपमा तारकेश्वरलाई चिनाउनका लागि परेको बताँउदै तारकेश्वर नगरपालिकालाई शिक्षाको हब बनाउनका लागि संस्थागत र सामुदायिक विद्यालयहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

No description available.
तारकेश्वर नगरपालिकाले संस्थागत र सामुदायीक विद्यालयहरुलाई बिभेद र पक्षपोषण नगरीएको बताँउदै नगरप्रमुख महर्जनले शिक्षामा गरिब र धनीका कारण परिर्वतन हुनुहुन्न भन्नेमा आफु लागि परीरहेको बताउनुभयो ।
आफु जलेर पनि विद्यार्थीको भबिष्यका निम्ती लागिपर्ने शिक्षकहरु प्रति सम्मान व्यक्त गदै नगरप्रमुख महर्जनले विद्यालयले पठन पाठन मात्र होइन विद्यार्थीहरुको अन्य गतिविधिहरुमा समेत राम्रो मिहिनेत गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो “आज मैले प्रत्यक्ष रुपमा बालबालीकाहरुको प्रतिभा हेरें, जहाँ हिमाल, पहाड, तराई पनि देखे, भाषा भासिको समग्र समिश्रणमा अनेकता भित्र एकता पनि देखे खुसी लाग्यो, यि अबोध नानीबाबुहरु भित्र कोहि डाक्टर, पाइलट, इन्जीनियर र राष्ट्रनिर्माण गर्ने लिडरसिप गर्न सक्ने क्षमता सम्म पनि भेटीएको छु, उनिहरुको उज्जवल भबिष्यका निम्ती तपाँईरुको महत्वपुर्ण समय जरुरी रहेको छ ।”
कार्यक्रममा प्रा.डा लोकेन्द्र बहादुर शेरचनले विद्यालयले गुणस्तरीय, व्यवहारीक र सिपमा आधारीत शिक्षा दिइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।
पढाई जागिर खानकै लागि मात्र भन्ने मान्यताले विद्यार्थीहरुको भबिष्य अन्योलमा परेको बताँउदै शेरचनले अध्ययन, अध्यापनको बारेमा अविभाकहरुमा भएको पुरानो सोच परिवर्तन हुनुपर्ने बताउनुभयो ।

No description available.
कार्यक्रममा विद्यालयका अध्यक्ष लिल बहादुर पुनले विद्यालयले गरेको खाने नभई गरेर खाने खालको जनशक्ति उत्पानका लागि त्यस्तै खालको शिक्षा दिइरहेको बताउनुभयो ।
जमाना अनुसारको शिक्षा दिन नसकिए अबका दिनमा बालबालीकाहरुको भबिष्य अन्धकार हुने बताँउदै विद्यालयले बालबालीकाहरुलाई आधुनीक प्रविधिको प्रयोग गरेर व्यवहारीक ज्ञानमा जोड दिइरहेको बताउनुभयो ।

No description available.
अपेन तारकेश्वरकी अध्यक्ष तथा विद्यालयकी एकेडेमीक डाइरेक्टर रेखा शाही हमालले बालबालीकाको उज्जवल भबिष्यका लागि विद्यालयले अहोरात्र मेहनत गरिरहेको बताउनुभयो । शिक्षा क्षेत्रमा आएको नयाँ नयाँ प्रविधिलाई आत्मसाथ गदै विद्यालयले समय अनुसारको शिक्षा दिइरहेको बताउनुभयो ।

No description available.
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टक थापाले बालबालीकाको भबिष्यका लागि विद्यालयले खानपान, योगध्यान र अध्ययनलाई जोड दिइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “कुनै पनि विद्यार्थी उ विद्यार्थी मात्र नभएर यो देशको सक्षम एउटा नागरिक पनि हो । उ बिग्रनु भनेको सक्षम नागरिक बिग्रनु हो, दक्ष नागरिक बिग्रनु हो । त्यसैले हामीले बालबालीकाहरुलाई शिक्षासंगै उनिहरुलाई भबिष्यको स्वस्थ्य नागरिक तयार गर्नका लागि खानपान, योगध्यान र अध्ययनलाई जोड दिइरहेका छौं”
विद्यालयलाई ओपन हाउसको अवधारणमा अगाडी बढाइरहेको बताँउदै प्रधानाध्यापक थापाले कतिपय बिषयमा विद्यार्थीसंगै अविभावकहरुसंग पनि विद्यालयले परिक्षा लिने गरिएको बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरप्याव्सनका अध्यक्ष धन बहादुर पुन, तारकेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष श्यामकृष्ण महर्जनल, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षकहरु, कर्मचारीहरु लगायतको उपस्थीति रहेको थियो । कार्यक्रममा विद्यालयमा रहेर राम्रो अध्यापन गराउनुुहुने शिक्षक शिक्षिकाहरुलाई सम्मान समेत गरिएको थियो । अविभावक दिवसको अवसरमा बिहान ११ बजे देखी करिब ६ बजे सम्म बालबालीकाहरुले बिभिन्न प्रस्तुतीहरु देखाएका थिए । कार्यक्रमको अन्तीममा विद्यालयमा अध्यापन गराइरहेका शिक्षक, शिक्षिकाहरुले आर्कषक नृत्य प्रस्तुत गरेका थिए । शिक्षक÷शिक्षिकाहरुको नृत्यलाई बालबालीकाहरुले निकै चाखपुर्ण तरीकाले हेरिरहेका थिए भने अविभावकहरुले वान्समोर भन्दै हुटीङ समेत गरेका थिए ।

No description available.

No description available.

No description available.

No description available.

May be an image of one or more people, people sitting and people standing

May be an image of 19 people, people standing, balloon and text that says 'ANGELS' ANGELS' PRE-SCHOOL Angels'Kids th ANNUAL PARENTS te:20 ne: 11 ue:'

sd

प्रतिक्रिया दिनुहोस्

Array